१७ असार, काठमाडौंः
काठमाडौं उपत्यकामा सलह प्रवेश गरेको छ । काठमाडौंको टोखा नगरपालिकामा निकै ठूलो समुहमा सलहको आइपुगेको हो ।
टोखाको झोरमा लगाईएका मकैबालीमा ठूलो समुहमा सलह किरा देखा परेको टोखा नगरपालिकाको कार्यालयले बताएको छ । स्थानियले सहल आएकाले बारीमा क्षती नपुर्यायोस भनेर थाल ठट्टाउने, बोतलमा पक्रिने लगायतका काम गरिरहेका छन् । त्यस्तै, काठमाडौंको आकाशमा पनि निकै ठूलो संख्यामा सलह देखा परेको खबर आएको छ ।
हिजो मंगलबार बाट काठमाडौंका विभिन्न ठाउँमा सलह देखा परेको थियो । काठमाडौंमा दक्षिणी भेगबाट आएको सलह रानीबन, नागार्जुन, टोखा लगायतका विभिन्न स्थानमा देखा परेका छन् ।
टोखा नगरपालिकाको कार्यालउले सलहलाई भगाउन मादल बजाउने, धुँवा लगाउने, डोरी हल्लाउने लगायका काम गर्न भन्दै सुचना जारी गरेको छ ।