१७ असार, काठमाडौंः
आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बालुवाटारमा चलिरहेको वैठक स्थगित भएको हो । पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको हो । वैठक स्थगित गर्नुको कारण भने प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने रहेको श्रेष्ठले बताए ।
आगामी वैठक भोली बिहान ११ बजे बस्दै छ ।