१७ असार, काठमाडौंः
नेपालमा सुनको भाउ इतिहासकै महंगो भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेको हो । हालसम्म नेपालमा प्रतितोलाको सुनको भाउ हेर्ने हो भने यो इतिहासकै महंगो भएको छ ।
केही दिनयता लगातार मूल्यमा घटबड भईरहेको सुनको भाउ मंगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो । बुधबार भने सो मूल्यमा ५ सयले बढेर सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय पुगेको हो । सुनको मूल्यमा यो नयाँ रेकर्ड रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर नेपालमा पनि त्यसको असर देखिएको हो ।