१७ असार, काठमाडौ:
पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एक जना पक्राउ परेका छन् ।
भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर रहेका छन् । पक्राउ परेका शाहीमाथि अनुसन्धान भइरहेको डीएसपीले बताए ।
प्रतिबन्धित विप्लव समूहले उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको जनाएको छ।