१७ असार, काठमाडौंः
सर्वाधिक रुपमा कोरोना संक्रमण फैलिएको देश अमेरिकामा एकै दिनमा १ लाखसम्म कोरोना संक्रमित थपिन सक्ने विज्ञ चेतावनी दिएका छन् ।
अमेरिकी सरकारको संक्रामक रोग विशेषज्ञ एवं कार्य दलका सदस्य डा. एन्थोनी फौसीले यस्तो चेतावनी दिएका हुन् । उनले अमेरिकामा यदि सामाजिक दूरीलगायतका प्रावधानहरु पालना नगरिए आगामी दिनमा दैनिक लाखको संख्यामा पनि संक्रमित थपिने बताएका छन् । उनले भने, ‘अमेरिकाको लागि आगामी दिन झन चुनौतीपूर्ण रहेको छ । सामाजिक दुरी नअपनाएमा र मास्क नलगाएमा अमेरिकामा दैनिक लाखौंको संख्यामा संक्रमित थपिने छन् ।’
अहिलेको अवस्थामा भने अमेरिकामा दैनिक कमसेकम ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।