• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    ३ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

कोरोना कोशबाट एकै पटकमा ५५ करोडभन्दा बढि रकम निकासा

  • पहिलो बोली
  • २०७७ अषाढ १६, मंगलबार (८ महिना अघि)
  • १५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Tuesday June 30, 2020 (8 months ago)
  • 1585 Views
  • Reading time 0 minutes

  • १६ असार, काठमाडौंः

    सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

    कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । सो कार्यालयका अनुसार निकासा गरिएको रकम कोरोना संक्रमण भए–नभएकोबारे जानकारी लिन स्वाब संकलनका क्रममा विमान चार्टर्डमा लागेको हवाई भाडादेखि नेपाली सेनाका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण खरिदसम्म खर्च हुनेछ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । सो रकम स्वाब संकलनमा उडेका विमानको भाडा भुक्तानी गर्न निकासा भएको हो । यसैगरी, सैनिक मुख्यालयका नाममा ९ करोड २६ लाख ८० हजार रुपैयाँ निकासा भएको छ । सो रकम वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसियू तथा पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ ।

    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका नाममा २५ लाख रुपैयाँ निकासा भएको छ । सो रकम कोरोनाका बिरामी व्यक्ति तथा स्वास्थ्यकर्मी उपचार खर्चबापतमा प्रयोग हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    कोषबाट सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा ३८ करोड रुपैयाँ निकासा भएको छ । यसमध्ये प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका नाममा ४÷४ करोड रुपैयाँ निकासा गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका नाममा ६÷६ करोड रुपैयाँ निकासा गरिएको छ । प्रदेश २ र प्रदेश ५ मा ७÷७ करोड रुपैयाँ निकासा भएको छ । सो रकम सम्बन्धित स्थानीय तहमा आवश्यकता विश्लेषणका आधारमा रकम उपलब्ध गराउने गरी खर्च हुने बताइएको छ ।

    अहिलेसम्म कोरोना कोषबाट विभिन्न ४८ वटा स्थानीय तहमा जाने गरी ७ करोड २२ लाख ६८ हजार ३ सय रुपैयाँ निकासा भएको छ । सोे रकम स्थानीय तहहरूले सञ्चालन गरेका क्वारेन्टिन व्यवस्थापन गर्न खर्च हुने बताइएको छ ।

    विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पहिलोपटक नेपालमा देखा परेसँगै सरकारले गत चैतमा सो कोष खडा गरेको थियो । यस कोषमा गत १० असारसम्म कुल २ अर्ब ३५ करोड १२ लाख ९ हजार १ सय ७० रुपैयाँ ८१ पैसा जम्मा भएको छ । सो रकम यहाँका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबाट जम्मा भएको हो ।

  • #corona virus nepal
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २४, सोमबार