ईमरान कुरेशी
१५ असार, काठमाडौंः
उनी दिक्क मानिरहका थिए । उनलाई अस्पतालका चिकित्सकसँग रिस उठेको थियो । किनकी अस्तापलको आईसियुमा उनलाइ उनकी पत्नीभन्दा अलग्गै राखिएको थियो । अन्त्यमा चिकित्सकले अस्पतालमा यस्ता दुई कोठा भेटे, जसलाई सिसाले पार्टेशन गरेर अलगअलग गरिएका थियो । पारदर्शि सिसा भएका कारण उनीहरुले एकअर्कालाई हेर्न पाए ।
पति ९० वर्षभन्दा उकालो लागिसकेका थिए भने पत्नीको उमेर ८८ । कोरोना संक्रमित दुवैजना केही समय अघि मात्रै रिकभर भएका हुन् ।
विश्वभरमा कोरोना भाईरसको जोखिम ६० वर्षभन्दा बढि उमेरका मानिसको लागि बढि हुने सावित भईसकेको छ । सँगै डाईभेटिज वा मृटुसम्बन्धि रोग भएकाहरुको लागि यो झन खतरनाक हुन्छ । मिडियाका रिपोर्टका अनुसार, ९० वर्षका यी पति विश्वमा नै उमेरमा दोस्रो पाको व्यक्ति बने जसले कोरोना संक्रमणसँगको युद्धलाई परास्त गर्न सफल भए ।
विश्वभरमा कोरोना भाईरसले हजारौं मानिसको ज्यान लिईसकेको छ । ‘यो संक्रमणलाई जित्ने सबैभन्दा पाको ९६ वर्षका अर्का एक व्यक्ति छन्,’ कोट्टयम मेडिकल कलेज अस्पितल, केरलाका मेडिकल अफिस डा. आर पी रेनजिनले भने, ‘पछिल्ला २० दिनदेखि हामी सबैजना रिकभर भएका यी व्यक्ति (पति)लाई भने बुबा (फादर) भनेर बोलाउन थालेका छौं, किनकी उनी दोस्रो पाको व्यक्ति हुन् ।’
एक दिन अगाडी भएको कोभिड १९को परिक्षणमा पतीको रिजल्ट देखिएको थियो, सँगै उनकी पत्नी जसलाई पुरा अस्पतालले आमा (मदर) भनेर बोलाउँछ, तीनको पनि परिक्षणको रिजल्ट नेगेटिभ निस्किएको छ ।
तीन हप्ता पहिला पति र पत्नी दुवै जना अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा कोराना संक्रमणको परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । दुवै जना आफ्ना छोरीज्वाईको सम्पर्कमा आएका थिए । चार हप्ता पहिला इटलीबाट फर्किएकाले उनीहरुका छोरीज्वाईलाई ‘इटली कपल’ भनिएको छ । यो दम्पत्ती खोज्न ठूलो समुहलाई परिचालन गरिएको थियो, जसको नेतृत्व एक वरिष्ठ आईएएसले गरेका थिए । उनीहरु एयरपोर्टको स्क्रिनिङबाट बचेर निस्किएका कारण यो अभियान चलाईएको बताईएको छ ।
‘जब हामीले उनीहरुलाई सिसाको पार्टेशन भएको आईसियु वार्डमा राख्यौं, तब दुवै जना निकै खुसी देखिएका थिए,’ डा. रेनजिनले भने, ‘एकपटक दुवैले दुध पिउने मन गरेका थिए । आफ्नो ईलाकाका पोख्त किसिन रहेका उनीहरु अन्य बेलामा आफैले खेती गरेको टैपिओका (एक किसिमको तरुल) मात्रै चाहन्थे ।’
उनीहरुले दुध पिउने मन देखाएकोमा डाक्टर नै आश्चर्यचकित भएका थिए । डाक्टर रेनजिन भन्छन,‘६० किलोमिटर टाढा रन्नीमा रहेको उनीहरुको घरबाटै आफन्तले दुध ल्याईदिएका थिए । यस्तो अवस्थामा हामीले विरामीलाई खुसी पनि राख्नुपर्ने भएकाले अनुमति दियौं । हामीले उनीहरुको निर्देशन पनि मान्नुपर्ने हुन्छ ।’
तर, एकपटक बुबा (फादर)को हालत बिग्रिदै जाँदा उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । २४ घण्टापछि उनको स्वास्थ्यमा सुधार आएकाले भेन्टिलेटरबाट हटाईएको थियो । यसपछि चिकित्सक तथा नर्सलाई बुबालाई वेडमा नै रोकिरहनमा धेरै आफ्ठ्यारो भएको थियो ।
‘उनी सधैं वेडबाट उत्रिएर हिडन चाहन्थे,’ डा. रेनजिनले भने, ‘आमा (मदर) पनि बस्थिन र वेडबाट उत्रिन चाहन्थिन । त्यसैले हामीले हरेक समय उनीहरुको कोठामा एकएक जना नर्सलाई राख्नु परेको थियो ।’
अस्तपालमा हरेक चार घण्टामा एकजना नर्स र अर्का सहयोगी परिवर्तन गर्नुप¥थ्र्यो । दैनिक ६ जना नर्सलाई पालै पालो उनीहरुको रेखदेखमा खटाईन्थ्यो ।
‘आईसियुमा मास्क र अन्य मेडिकल उपकरणका कारण पूर्ण रुपमा देखिदैंन,’ डा. रेनजिन भन्छन, ‘तर, उनी आवाजले नै नर्सलाई चिन्थे । एक नर्स गीत गाउथिन, र उनी अघिल्लो दिनको जस्तै गाउन आग्रह गर्थे ।’
बुबाको तुलनामा आमा भने केही शान्त थिईन । उनी धेरै लामो समयसम्म बसिरहन नसक्ने भएकाले उठ्दै उभिदैं गर्थिन । अस्पतालका डाक्टरहरु भन्छन, ‘त्यो बेला हामीले उनीहरुलाई बेडमा नै सुतिरहनु पर्छ भनेर सम्झाउथ्यौं । हामी उनीहरुसँग लगातार कुरा गरिरहन्छौ भन्दै सम्झाउनु पथ्र्यो ।’
‘वास्तवमा बुबाले हामीलाई सुनाउने कुरा आश्चर्यजनक कहानी जस्ता थिए,’ डा. रेनजिन भन्छन,‘उनले भनेका कुरालाई त हामी सार्वजनिक गर्न सक्दैनौं । तर, कुनै दिन उनकै कुरालाई आधार मानेर हामी किताब लेख्न सक्छौं ।’
बुबाका नातीनी र नातीनि ज्वाई बुहारी पनि अस्तालमा उपस्थित थिए । उनीहरुले भने, ‘चिकित्सक र अस्तापलका स्टाफहरुले उहाँको उपचार निकै राम्रासँग गर्नुभएको छ । उहाँ आफ्नो भोजन र टैपिओका खानलाई अडिनु भएको थियो ।’ उनका नातीति, नातीनी ज्वाइ र पनातीनिलाई दुई दिन अगाडी मात्रै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
बेद्धदम्पत्तीका छोरी र ज्वाई पनि बुढ्यौली लागेका दम्पत्ती हुन । उनीहरुलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । बृद्ध बुबा र आमालाई पनि अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएका छ ।
मेडिकल बोर्डसँगको छलफल मार्फत उनीहरुलाई एसी नभएको कोठामा राख्ने निर्णय भएको छ, ताकी उनीहरु पूर्ण रुपमा स्वस्थ्य र तन्दुरुक्त बन्न सकुन । डा. रेनजिनले भने, ‘केही मेडिकल कारणले दुवैलाई हामी केही दिन राख्दै छौं । उनीहरुलाई एक घण्टाको यात्रा गराएर आफ्नो घर पु¥याउनु छ । र उनीहरु अगामी १४ दिनसम्म अरु कसैसँग भेट नगरुन भन्ने हामी चाहन्छौं ।’
बीबीसी हिन्दीमा छापिएको सामग्रीको भावानुवाद