१५ असार, काठमाडौंः
पछिल्ला केही दिनयता चीनको राजधानी बेइजिङ नजिक रहेको हेबेई प्रान्तमा कोरोना भाइरसका केही संक्रमित भेटिएका थिए । योसँगै चीन सरकारले हेबेईमा कडा खालको लकडाउन लगाउने घोषणा गरेको छ ।
हेबेईको एनशिनमा लकडाउन गर्न लागिएको हो । यो क्षेत्र चीनको राजधानी नजिक रहेको छ । यो ठाउँमा लकडाउन गर्दा कम्तीमा पनि चार लाख मानिस प्रभावित हुने देखिएको छ ।
अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस गत वर्षको अन्त्यमा चीनबाटै सुरु भएको थियो । विस्तारै चीनमा नियन्त्रणमा आएको कोरोना भाइरस अहिले फेरि संक्रमित देखिएसँगै दोस्रो लहर आएको हुनसक्ने अनुमान गरिएको छ ।