१५ असार, काठमाडौंः
गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित एक बन्दै गरेको घरमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
वाग्वीर स्याङ्तानको बन्दै गरेको घरमा सोलुखुम्बु महाथुलुङका धीरज राई मृत फेला परेको बौद्ध प्रहरीले जनाएको छ । अन्दाजी २४ वर्षको युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार घर बनिसकेको थिएन । स्याङ्तातको घर निर्माण गर्नका लािग ८० लाख रुपैयाँमा रेशम गुरुङ नामका व्यवसायीलाई ठेक्का दिईएको थियो । मृतक राईलाई मर्नु अघि यीनै व्यवसायीले घरको हेर्नु भनेर राखेका थिए । तर, हिजो आइतबर उनी मृत फेला परेका छन् ।
प्रहरीका अनुसार घटनाका बारेमा थप अध्ययन तथा अनुसन्धान भइरहेको छ ।