• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

तनहुँका स्थानीय तहले दिए प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता

  • पहिलो बोली
  • २०७७ अषाढ १४, आईतबार (७ महिना अघि)
  • ११९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday June 28, 2020 (7 months ago)
  • 1201 Views
  • Reading time 0 minutes

  • १४ असार, काठमाडौंः

    बेरोजगारलाई रोजगारी दिन सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तनहुँका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेका छन् । अधिकांश स्थानीय तहले केही अगाडिदेखि नै कार्यक्रम सञ्चालन गरिरहेका छन् भने केहीले आर्थिक वर्षको अन्तिममा आएर उक्त कार्यक्रमको शुरुवात गरेका छन् ।

    व्यास नगरपालिकाले वडा नं १४ केशवटारमा कच्ची बाटो खन्ने र नाला सरसफाईको काम शुरु गरेको छ । उक्त कामका लागि ४३ जनालाई रोजगारी दिइएको नगरपालिकाका रोजगार संयोजक सुजिता थापाले जानकारी दिईन । थापाका अनुसार उक्त वडामा दुई वटा योजना छनौट भएको छ । बाटो खन्ने कामका लागि २३ र नाला निर्माणका लागि २० जनाले रोजगारी पाएका छन् ।

    उक्त वडाका अध्यक्ष मानकाजी श्रेष्ठले वर्षाका कारण सडक र नाला भत्किएकाले रोजगार कार्यक्रममार्फत् वडाभित्रका बेरोजगार सूचीमा सूचीकृत भएकाहरुलाई उक्त काममा लगाइएको जानकारी दिए । “वर्षाले ठाउँ–ठाउँमा बाटो बिगारेको छ, नाला पुरिएको छ, असारको १५ दिनमात्र भएपनि पहिरो पन्छाएर बाटो खन्ने र नाला सरसफाई गर्नका लागि रोजगारी दिइएको छ,” श्रेष्ठले दिए ।

    नगरपालिकाले वडा नं १३ मा कच्ची नाला खन्ने काम पनि शुरु गर्न लागेको छ । नगरपालिकाका अन्य वडामा भने चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नसकिने रोजगार संयोजक थापाले जानकारी दिईन । रोजगार कार्यक्रमका लागि नगरपालिकालाई श्रम तथा रोजगार मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु २८ लाख बजेट प्राप्त भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् शुक्लागण्डकी नगरपालिकाका दुई वडामा काम शुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा रोजगार कार्यक्रममार्फत् एक सय २३ जनालाई रोजगारी दिइएको वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए । उहाँका अनुसार वडामा दुई वटा योजना छनौट भएको थियो । शहीद लालध्वज मोटरमार्ग र काठेपिपल अर्चले फेदी मोटरमार्गको सुधार र नाला सरसफाईका लागि काम भइरहेको पौडेलले जानकारी दिए ।

    मुस्लिम समुदायको बाक्लो बस्ती रहेको यहाँका १४ जना मुस्लिमले पनि यस कार्यक्रमबाट रोजगारी पाएका छन् । वडाध्यक्ष पौडेलका अनुसार मुस्लिम, दलित, जनजाति लगायतले रोजगारी पाएका छन् । शुक्लागण्डकी नगरपालिका–४ मा नाला सफाई गर्नका लागि आठ जनालाई रोजगारी प्रदान गरिएको रोजगार संयोजक प्रतिभा जिसीले जानकारी दिए ।

    उनका अनुसार वडा नं २ स्थित मनकौरी मोटरमार्ग, वडा नं ६ स्थित तीनखोले पोखरीथोक बाटो सिढी निर्माण, वडा नं ८ स्थित डाँडा जाने सिढी बाटो निर्माण, वडा नं ९ स्थित साउनकुना कुलो, भातडाँडा खानेपानी, वडा नं १० स्थित ग्रामीण सडक मर्मत र वडा नं १२ स्थित घरेडी पैदलमार्ग निर्माणमा भने काम हुन बाँकी छ । नगरपालिकालाई रोजगार कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख ८९ हजार बजेट प्राप्त भएको छ ।

    जिल्लाको बन्दीपुर गाउँपालिकामा भने जेठको दोस्रो सातादेखि नै कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सडक ढलान, साइकल लेन निर्माण लगायतका काम भइरहेका छन् । बन्दीपुर गाउँपालिका–५ को झारगाउँमा सडक ढलान, बन्दीपुर गाउँपालिका–४ र ५ मा साइकल लेन निर्माणका लागि रोजगारी दिइएको छ ।

    सडक ढलान गर्ने काममा १६ जनालाई रोजगारी दिइएको रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिए । उनका अनुसार बन्दीपुर गाउँपालिका–४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेन निर्माणका लागि २७ जनाले रोजगारी पाएका छन् । बन्दीपुर गाउँपालिका–६ मा पैदलमार्ग र सिढी बाटो निर्माणको काम पनि शुरु गर्न लागिएको गुरुङले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई रु १४ लाख ६० हजार सशर्त अनुदान दिएको छ ।

    देवघाट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् ७४ जनालाई रोजगारी दिएको छ ।

    गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले विभिन्न योजना छनौट गरी बेरोजगार सूचीमा सूचीकृत भएकाहरुलाई रोजगारी प्रदान गरिएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका–१ स्थित बसेनीटार सिँचाइ कुलो मर्मतका लागि १८, देवघाट गाउँपालिका–२ स्थित दरैटार कुलो मर्मतका लागि १५, देवघाट गाउँपालिका–३ ठाडो खोला गोन्द्राङ पहिरो नियन्त्रण तथा ग्याविन जाली निर्माणका लागि १५, देवघाट गाउँपालिका–४ ऐतिहासिक सिन्च्याङ्गढी कालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि १४ र देवघाट गाउँपालिका–५ स्थित भर्जन खोला कल्भर्ट निर्माणका लागि १२ जनालाई रोजगारी दिइएको छ । उनीहरुलाई औषतमा १८ दिनको रोजगारी प्रदान गरिएको छ ।

    देवघाट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक सुरक्षामा आधारित न्यूनतम रोजगारी, सीप विकासमार्फत स्वरोजगार उन्मुख समृद्ध गाउँपालिका निर्माणको दिशामा अघि बढेको अध्यक्ष थापाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई रु दश लाख बजेट प्राप्त भएको थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् म्याग्दे गाउँपालिकामा २५ जनाले रोजगारी पाएका छन् । गाउँपालिकाका रोजगार संयोजक पविन्द्र शाहीले विभिन्न वडामा पहिरो रोकथाम, सडक आसपासका आएका पहिरो नियन्त्रण, नाला सरसफाई, विद्यालयको खानेपानी ट्याङ्की निर्माणलगायत कामका लागि रोजगारी प्रदान गरिएको जानकारी दिए । “वायोइन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र सडक आसपासका पहिरो नियन्त्रण कार्यक्रम गत वर्षको भन्दा नयाँ र फरक कार्यक्रम सञ्चालन गयौँ,” शाहीले दिए ।

    रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई रु दश लाख बजेट विनियोजन भएको थियो । गत वर्ष शतप्रतिशत योजना सम्पन्न गर्न नसकिए पनि चालू आर्थिक वर्षमा भने शतप्रतिशत योजना कार्यान्वयन हुने चरणमा रहेको शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् आँबुखैरेनी गाउँपालिकामा एक सय ५१ जनाले रोजगारी पाएका छन् । प्राथमिकतामा परेका योजना छनौट गरी गाउँपालिकाका सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिए ।

    उनका अनुसार आँबुखैरेनी गाउँपालिका–१ मा गोरेटो बाटो निर्माणका लागि २४, आँबुखैरेनी गाउँपालिका–२ मा चौतारी निर्माणका लागि ५१, आँबुखैरेनी गाउँपालिका–३ मा गोरेटो बाटो निर्माणका लागि २३, आँबुखैरेनी गाउँपालिका–४ मा पक्की नाला निर्माणका लागि १९ र आँबुखैरेनी गाउँपालिका–५ मा गोरेटो बाटो निर्माणका लागि ३४ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई चालू आर्थिक वर्षमा रु २० लाख पाँच हजार बजेट विनियोजन भएको थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् घरदैलोमा नै रोजगारी पाउँदा बेरोजगार सूचीमा सूचीकृत भएकाहरु पनि खुशी देखिएका छन् । बन्दीपुर गाउँपालिका–४ का सन्तोष गुरुङले बन्दाबन्दीका कारण त्यत्तिकै घरमा बसिरहेको अवस्थामा गाउँपालिकाले प्रदान गरेको रोजगारले राहत मिलेको बताए । “गाउँमै रोजगारी पाउने हो भने बेरोजगार युवायुवती काम खोज्दै अन्यत्रै जान पर्दैनथ्यो, सरकारले ल्याएको कार्यक्रम खुशी लागेको छ, यो अझै व्यापक र लामो समयसम्मको रोजगारीका स्वरुपमा भइदिए हुन्थ्यो भन्ने लागेको छ” उनले भने ।

    शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मन मियाँले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गाउँमै रोजगारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । कोरोना कहर र बन्दाबन्दीका कारण काम पाउन नसकिरहेको बेलामा सरकारले ल्याएको योजनामा घरमै बसेर काम गर्न पाउँदा राहत मिलेको बताए । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माण लगायतका काम गरिएका थिए ।

    रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । सरकारले आगामी आर्थिक वर्षमा पनि कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिसकेको छ ।

    कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले आवेदन गर्नुपर्छ । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम समेत नपाएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दावी गर्न सक्नेछन् ।

  • #pradhanmantri rojgar karyakarm
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १५, बिहिबार