१४ असार, काठमाडौंः
नेपालकी राष्ट्रपति तथा स्वर्गिय मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीले साइकल चलाउन नआउने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । आज मदन भण्डारीको जन्मदिनको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विद्यादेवी भण्डारीलाई साइकल कुदाउन नआउने बताएका हुन् । उनले राष्ट्रपतिलाई महँगा गाडी खरिदमा हुने गरेको विरोधलाई ब्यंग्य गर्दै विद्यादेवीले साइकल चलाउन नजान्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त कार्याक्रममा भने, ‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो। उहाँकी धर्मपत्नी अहिले गाडीमा हिँड्नुहुन्छ भन्दै आलोचना हुने गरेको छ । ‘मदन भण्डारीको धर्मपत्नीले साइकल चलाउनै जान्नुहुन्न।’ त्यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रपति चडने गाडी बाटामा स्टार्ट बन्द हुने खालको भएर नहुने समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिले चढ्ने गरेको महंगो गाडीको आलोचना गर्नेहरुले अपारदर्शी आम्दानी गरेर भएपनि राम्रो गाडी चढने गरेको समेत बताए । उनले भने, ‘१६ करोडको होइन, राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदाजाँदै स्टार्ट बन्द हुने गाडी हुनुपर्ने? राष्ट्रपति १६ करोडको गाडीमा हिँड्ने गरेको सुनिन्छ तर १६ करोडको गाडी नेपालमा आउँछ कि आउँदैन भनेर वास्तविकता जान्न कसैले खोज्दैन।’