१३ असार, काठमाडौंः
बाँकी रहेको एउटै जिल्ला रसुवामा समेत कोरोना फैलिएपछि नेपालको ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
रसुवा बाहेकका सबै जिल्लामा फैलिएको कोरोना शनिबारबाट रसुवामा पनि फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज शनिबार थपिएका ५ सय ५४ जनामध्ये ९ जना रसुवाका रहेका छन् । ८ महिला र १ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो गौतमले बताए ।
हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यस्तै, हालसम्म मृत्यु हुनेको संख्या २८ पुगेको छ ।