१३ असार, काठमाडौंः नेपालमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । यी मध्ये १८ जना महिला रहेका छन भने बाँकी १ सय १८ जना पुरुष रहेका छन ।
योसँगै हालसम्म नेपालमा २८ सय ३४ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, नेपालमा कुल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।