१३ असार, काठमाडौंः
कृषि मन्त्रालयका अनुसार नेपालको पर्सा, बारा, र सर्लाही लगायतका क्षेत्रमा आज सलह किराको बथान देखा परेको छ । पुर्वानुमान विपरित नेपालमा सलह किरा आईपुगेपछि यसले नेपालमा कति क्षती गर्न सक्ला भन्ने बारेमा अध्ययन गर्न कृषि मन्त्रालय जुटेको छ ।
विभिन्न विज्ञका अनुसार नेपालमा आईपुगेको सलह किराको एउटा समुह वा बथानले २५ सय जना मानिस वा १० वटा हात्तिको खाने खाना बराबरको बनस्पती खाने गर्छ । नेपालमा रहेका विभिन्न कृषि विज्ञका अनुसार सलह किराले नेपालमा भएको बालिनालीको सखाप पार्न सक्दछ । तर, हावाको बेग आगामी दिनमा कता जान्छ त्यसैले सलहले नेपालमा कति क्षति पुर्याउँछ भन्ने थाहा हुने विज्ञहरु बताउँछन् ।
नेपालको कृषि मन्त्रालयमा विगत लामो समय काम गरेर अहिले अवकास लिएका पूर्व सचिव हरि दाहाल नेपालमा आईपुगेको सलहको किसिमले त्यो जहाँ बस्छ, त्यो ठाउँको बालीनाली सबै खत्तम पार्ने बताउँछन । अहिले नेपालको तराई भेगमा धान रोपिदैं छ भने पहाडी भेगमा मकै रोपिएको छ । यस्तो बेलामा सलहले नेपालमा बालीनालीमा निकै क्षती पुर्याउन सक्ने देखिन्छ । दाहाल भन्छन, ‘अहिले नै अनुमान गर्नु त हुँदैन । तर, हावाको बेग उत्तरबाट दक्षिण बग्यो भने नेपमाल कम क्षती पुर्याउँछ भन्न सकिन्छ ।’
कृषि मन्त्रालयले केही समयअघि गरेको अध्ययनमा नेपालमा सलह नआउने भनिएको थियो । मन्त्रालयको अध्ययन गलत सावित भएको छ फितलो अध्ययनका कारण सलहलाई नेपालमा हुनसक्ने पूर्व तयारी समेत हुन पाएनन् ।