१३ असार, काठमाडौंः
विश्वभर कोरोना भाइरसको संक्रमणको पुष्टि हुनेको संख्या १ करोड नजिक पुगेको छ ।
जोन हप्किन्स विश्व विद्यालयको आज दिउँसोको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या कुल ९८ लाख ८ हजार ३ सय ४० पुगेको छ । अहिले विश्वभरको कोरोना संक्रमणकोदर हेर्दा केही दिनमा यो संख्या १ करोड पुग्ने देखिएको छ ।
त्यस्तै, विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ९४ हजार ४ सय ८ रहेको छ ।
हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या भने कुल ४९ लाख १७ हजार ३ सय २८ जना रहेका छन ।