१३ असार, काठमाडौंः
नेपालमा सहलको वथान आईपुगेसँगै कृषि मन्त्रालयले छलफल गर्न आकस्मिक वैठक बोलाएको छ । हालसम्म यसले दक्षिण एसियामा निकै आतंक मचाएको थियो । आज भने यसलाई नेपालमा पनि पाईएको छ । अब सलहले पुर्याउने क्षतीलाई कसरी कम गर्ने भन्ने बारेमा छलफल गर्न वैठक बोलाईएको छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा आएको सलहलाई भारतको उत्तर प्रदेशबाट आएको अनुमान गरिएको छ । कृषि मन्त्रालयले यसको क्षती न्युनिकरण गर्न वैठक बोलाएको हो । आज नेपालको बारा जिल्लामा सलह किराको समुह देखिएको थियो ।
सुरुवातमा अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह अहिले भने नेपालमा प्रवेश गरेको छ ।
के हो सलह?
सलह भनेको फट्याङग्राहरूको ठूलो समुहको वथान हो । यो किराको बथानले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा निकै क्षति पुर्याउँछ।
हावाको दिशा अनुसार उड्ने या किराले १ सय ३० किमिसम्म समूह बनाएर उड्ने गर्छ । यसको एक बथानमा थानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्।