१३ असार, काठमाडौंः
शनिबार बिहान नेपालमा थप ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको सुचना अनुसार गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार थपिएका संक्रमितहरु स्याङ्जाका २२ जना, बागलुङ ८ र नवलपुरका २ जना रहेका छन् । निर्देशनालयको सुचनामा उल्लेख भएअनुसार संक्रमित सबैलाई सम्बिन्धित जिल्लाको आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।