११ असार, काठमाडौंः
नेपालमा एकै दिनमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालभरका विभिन्न ठाउँमा गरि थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप संक्रमित पुष्टि भएको हो ।
नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने २६ पुगेको छ ।