१२ असार, काठमाडौंः
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको शव व्यवस्थापनमा कुनै पनि किसिमको अवरोध नगर्न आग्रह गरेको छ ।
हिजो बिहिबार पोखरा महानगरपालिका ३२ मा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनको क्रममा स्थानिय र सुरक्षाकर्मि बिचमा झडप भएको थियो । शव व्यवस्थापन गर्ने क्रममा सुरक्षाकर्मि र स्थानियवासीबिच झडप भएकाले मानव अधिकार आयोगले त्यस बारेमा अनुसन्धान गरेको र सुरक्षा कर्मिले स्थानियसँग समन्वय बिना शव व्यवस्थापन गर्न खोज्दा झडप भएको बताएको छ ।
साथैं, मानव अधिकार आयोगले स्थानियसच्ग उचित किसिमले समन्वय गरेर शवको व्यवस्थापन गर्न आग्रह गरको छ ।
कुनै पनि व्यक्तिको जुन सुकै कारणले मृत्यु भएतापनि उसको धर्म, संस्कृति र परम्पराअनुसार अन्त्येष्टी हुनुपर्ने र त्यो कार्यमा कसैले पनि अवरोध सिर्जना गर्न नपाउने मानव अधिकार आयोगको भनाई छ । साथै मानव अधिकार आयोगले नेपाल सरकार समक्ष सुरक्षकर्मि र स्थानिय बिच समन्वय गराएर सम्मानजनक रुपमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन हुनुपर्छ भन्ने आग्रह गरेको छ ।