१२ असार, काठमाडौंः
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कुल ४ लाख ९१ हजार ९०१ पुगेको छ ।
हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणको पुष्टि हुनेको संख्या ९७ लाख १७ हजार ५३ जना रहेको विश्वस्वास्थ्य संगठनले बताएको छ । कुल संक्रमितमध्ये ५२ लाख ५३ हजार ६ सय २५ जना निको भएका छन् । त्यस्तै, करिब ३९ लाख ७३ हजार ५ सय २७ जना उपचाररत रहेका छन् । त्यस्तै, कुल संक्रमित मध्ये ५७ हजार ३ सय ९१ जनाको अवस्था भने गम्भिर रहेको छ ।
पहिलो पटक चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वमा सबैभन्दा प्रभावित देश अमेरिका रहेको छ । अहिले अमेरिकामा मात्रै २५ लाख ४ हजार ६७६ जनामा संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै, अमेरिकामा मृत्यु हुनेको संख्या कुल १ लाख २६ हजार ७ सय ७५ रहेको छ । त्यस्तै, हालसम्म युरोपमा हाल २३ लाख ७३ हजार २०३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५०३ को मृत्यु भएको छ ।