१२ असार, काठमाडौंः
विगत केही दिनमा युरोपका विभिन्न देशहरुमा लकडाउन खुकुलो बनाईएको छ । लकडाउन खुकुलो बनाएसँगै ती देशहरुमा व्यापक रुपमा कोरोना संक्रमितको संख्या बृद्धि आइरहेको छ । विश्वस्वस्थ्य संगठनले लकडाउन खुकुलो बनाउँदा अर्को लहर आउन सक्ने चेतावनी दिदाँ दिदै लकडाउन खोलेकोमा संक्रमण बढेको बताएको छ ।
पछिल्ला केही दिनमा युरोपका विभिन्न ११ देशमा कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ । तिव्र गतिमा बढिरहेको कोरोना संक्रमितको संख्यालाई लिएर युरोप गम्भिर हुनुपर्ने विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशक डा. हान्स हेनेरु क्लुगले भनेका छन् । उनले युरोपले यो समयमा उचित कदम नलिएमा कोरोना भाइरसको अर्को इपिसेन्टर युरोप बन्न सक्ने चेतावनी समेत दिएका छन् ।
अहिले युरोपमा कुल २८ लाखभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ भने कुल १ लाख ९५ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ । लकडाउन नखोल्ने चेतावनी नमानेकाले यो संख्यामा थप बृद्धि हुनसक्ने हान्सले बताएका छन् । यनले भने, ‘हामीले पहिला पनि चेतावनी दिएका थियौं । अहिले पनि भनिरहेका छौं । युरोपले उचित कदम नलिएमा यहाँ संक्रमण झन झन फैलिनेछ ।’