१२ असार, काठमाडौंः
सात खेल्नु अगावै यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि लिभरपुलले आफ्नो पोल्टोमा पारेको छ ।
हिजो राती बिहिबार चल्सीसँग म्यानचेष्टर सिटीले खेल हारेपछि उपाधी लिभरपुलको पक्षमा परेको हो । हिजोको खेलमा चेल्सीसँग म्यानचेष्टर सिटीले २–१ गोलले हारको थियो ।
यस वर्षको उपाधी लिभरपुलले ३० वर्षपछि जितेको हो । यसपटकको जीतसँगै लिभरपुलले १९ औं पटक यो उपाधी जितेको हो । यसअघि १९८९ – ९० मा लिभरपुलले उपाधी जितेको थियो ।
लिभरपुलले अहिलेसम्म ७६ अंक बटुलिसकेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा उ २३ अंकले अगाडी रहेको छ । सात खेल खेल्नु अगावै उसले जितेको यो उपाधी आफैंमा एउटा रेकर्ड बनेको छ ।