११ असार, काठमाडौंः
काठमाडौंको टोखा एक श्रिमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
टोखा नगरपालिका–३ बानियाटारमा घर भएका ४३ वर्षिय कृष्णहरि बानियाँले आफ्नै श्रिमतीको हत्या गरेका हुन् । आफ्नी श्रिमती सलिना खड्कालाई उनले चक्कुले हानेर हत्या गरेको काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबार राती श्रिमानश्रिमती बिच कुनै कुरामा झगडा हुँदा कृष्णहरिले श्रिमतीलाई चक्कु हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रिमतीको चक्कु प्रहार गरेकै बेला मृत्यु भएको प्रहरीले बताएको छ ।