११ असार , काठमाडौंः
कोरोना भाइरसको संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले बताएको । कोरोना संक्रमणका कारण मृत्यु भएको, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टी गरेका हुन्।
स्थायी ठेगाना चितवन रहेका उनी काठमाडौंमै बस्दै आएका थिए । अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनको उपचार पाटन अस्पतालको आइसोलेसन सेन्टरमा हुँदै आएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहिबार २६ पुगेको छ ।