११ असार, काठमाडौंः
भारतमा पहिल्लो २४ घण्टामा झण्डै १७ हजार संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ९ सय २२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । थपिएका संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा मृत्यु हुनेको संख्या भने ४ सय १८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कुल मृत्यु हुनेको संख्या १४ हजार ८ सय ९४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा प्रभावित रहेको भारतको महारष्ट्रमा हालसम्म एक लाख ४२ हजार संक्रमित रहेका छन् भने हजार ७ सय ३९ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै, भारतमा हालसम्म कुल २ लाख ७१ हजार ६ सय ९७ जना कोरोना भाइरसमुक्त भईसकेका छन्।