११ असार, काठमाडौंः
लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधी नजिक पुगेको छ । बुधबार राती भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० गोलले हराएको छ ।
लिभरपुलको जितका लागि पहिलो गोल अलेक्जेन्डर ओर्नाल्डले २३ मिनेटमा गरेका थिए । त्यस्तै, दोस्रो गोल मोहमद सलाहले ४४ मिनेटमा गरेका थिए, भने तेस्रो गोल पार्दा फाबिन्होले ५५ मिनेटमा गरेका थिए । लिभिरपुलको लागि चौथो गोल ६९ मिनेटमा साडियो मानेले गरेका थिए ।
लिगमा अहिले लिभरपुले उपाधी जित्नबाट २ अंक टाढा टाढा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बिहिबार चेल्सीसँग खेल्दैछ । सिटीले यो खेलमा अंक गुमाएमा लिभरपुलले आगामी खेल नै नखेली उपाधी जित्नेछ । तर, सिटीले जितेमा लिभरपुरले उपाधी जित्न अझैं कुर्नु पर्नेछ । आगामी खेलमा लिभरपुलले आगामी खेल म्यानचस्टर सिटीसँग रहेको छ ।