१० असार, काठमाडौंः
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट चालु आर्थिक वर्षको भन्दा कम सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको बजेटमा चालु आर्थिक वर्षको भन्दा १ अर्ब कम रकम सार्वजनिक गरिएको छ ।
पोखरा नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ्गले ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ रहेको छ । यो रकम अहिलेको चालु आर्थिक वर्षको भन्दा १ अर्ब कम हो ।
महानगरले २ अर्ब ६६ हजार रकम सहकारी वित्तिय हस्तान्तरण अन्तर्गत प्राप्त गर्ने अनुमान गरिएको छ । त्यस्तै, संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँको रकम अनुसारको बजेट आउँदो आर्थिक वर्षको लागि सार्वजनिक गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङ्गले बताईन् ।