–पुजा मरवहा
१० असार, काठमाडौंः
सामान्यतः मेरो मर्निङ वाक धेरै कथाहरुको साक्षी हुन्छ, जसले मलाई मान्छेले कसरी सोच्छन र कस्तो महसुस गर्छन भन्ने कुरामा निरिक्षण गर्ने मौका दिन्छन । र, ईमान्दार हुनुपर्दा मैले पार्कमा हिडिरहँदा सुन्ने शिर्षकहरुले मलाई मानिस र उनीहरुका समस्याप्रति झन संवेदनशिल बनाउँछन, आलोचक कम र अलि बढि सचेत बनाउँछन ।
्हालसालै, मैले आफ्नो मनमा एकप्रकारको चिन्ता उत्पन्न गराउने केही सुने । सबेरैको टेनिस कक्षा सकेर घर फर्किहेका दुई किशोरहरुको बिचमा भईरहेको संवादले मलाई सोच्न बाँध्य बनायो, धेरै सोच्न ।
‘अभ्यासको समयमा किन तिमी यति धेरै उदास देखिन्छौं, जसकी तिमी निकै राम्रो खेलाडी हौ,’ एक किशोरले अर्कालाई भनिरहेको थियो, ‘तिमी जुन प्रकारले अभ्यास गरिरहेका छौ, सबै जना चाडै नै तिमीले हाम्रो राज्यलाई प्रतिनिधित्व गर्दै छौं भन्ने कुराको चर्चा गर्छन ।के यसले तिमीलाई उत्साहित बनाउँदैन?’ प्रश्नको जवाफमा अर्काले भन्यो, ‘म उत्साहित हुनमा पनि निकै थाकेको छु यार । के म टेनिसमा श्रेष्ठ हुनबाट रोकिन सक्दिन? अह! मैले आफ्नो कक्षामा पनि सर्वउत्कृष्ट हुनै पर्छ, म राम्रो पौडिवाज पनि हुनै पर्छ, र हरेक हप्ताको शुक्रबार मैले आफैंलाई उत्कृष्ठ वक्ता हुनमा अभ्यास गराउँनै पर्छ ।’
‘हो । तर मलाई लाग्थ्यो तिमी सबै कुरामा गाडी हुनुमा खुसी छौं ।’ प्रश्न गर्ने किशोर अच्चिमत थियो, ‘म के चाहिँ भन्न सक्छु भने म टेनिस खेलाडीभन्दा धेरै मात्रामा राम्रो कलाकार हुँ ।’ र दुवै जना एकछिन हाँसोमा रुमलिए ।
उनीहरु बिचको संवाद मसँगै दिमागको असजिलो दुखाईको रुपमा रहिरह्यो । त्यहि दिन, मैले आफ्ना सहकर्मिहरुसँगको भेटमा थाहा पाए भर्खरै पश्चिम बंगाल राज्यको बाल अधिकार आयोगले शिक्षक र अभिभावकका लागि एउटा सल्लाह लिएर आएको छ जसमा विद्यार्थीहरुको मानसिक स्वास्थतालाई उनीहरुको शैक्षिक पाठ्यक्रममा महत्वपूर्ण स्थान दिनुपर्छ । मेरो सहकर्मिले सामान्य रुपमा यो कुरा बताएकी थिईन । तर, यो जानकारीले मलाई भित्रैबाट केही कुरा सोचाईदियो । कस्तो राम्रो उपाय थियो यो! र यसले धेरै पटक आईरहेको प्रश्न फेरि मेरो मनमा जगाईदियो–के हाम्रा बालबच्चाहरु साच्चै खुसी छन?
बच्चा, परिवार र समाज
खुसीको भनेको डिप्रेसनको विपरिआर्थ होईन । तपाईंलाई थाहा छ, खुसी हुनु भनेको मानिसिक समस्यासँग जुध्नुको उल्टो होईन । तर, डिप्रेसन वा मानिसिक स्वास्थ्यका समस्याहरुले खुसी हुने बाटोमा केही बाधाको सिर्जना भने गर्छन । खुसी साना साना कुराहरुबाट पनि मिल्छ, र त्यस्तै हुन्छ डिप्रेसन पनि । साना साना निराशाहरुको थुप्रोको परिणामस्वरुप यसले मानिसलाई दुष्क्रियशिल बनाउँछ ।
हामीले देखेको जस्तै, अहिलेको शैक्षिक प्रणाली घाँटी काट्ने प्रतियोगिता जस्तै छ जहाँ एक एक अंकको आधामा विद्यार्थी फँसिरहेको हुन्छ । र प्रायः अतिरिक्त क्रियाकलापहरु पनि ती छैनन जसलाई बालबालिकाहरुले चाहन्छन, न यिनीहरुले मनोरञ्जन गराउने ध्येय नै राख्छन । यी क्रियाकलापहरु पनि रिज्युम (बायोडाटा)लाई राम्रो देखाउने वा भविष्यमा करियरको वैकप्लिक बाटो हुने वा अभिभावकलाई प्रतिस्पर्धात्मक विश्वमा ‘राम्रो अभिभावकत्व’को प्रदर्शन गर्न मिल्ने मात्रै छन् । कहिलेकाँशी हामी समय निकाल्छौं र बहस गर्दै बालबालिकाको भावनाको दुनियाँ बुझ्न खोज्छौं– के साँच्चै उनीहरु खुसी छन्, र उनीहरु मुसा दौडामा जबरजस्ती कुदाईएको मुसा त भएका छैनन, जोसँग दौड्नुका अर्को विकल्प हुँदैन ?
शहरी र अर्ध–शहरी क्षेत्रका बालबालिकाको दैनिकी बिहानै फिटनेस कक्षादेखि, स्कुल जाने, त्यसपश्चात टिउसन, कक्षाकै अन्य अतिरिक्त क्रियाकलाप र साँझमा गृहकार्यमा घुमिरहेको हुन्छ । सुत्न जानु अघि उनीहरुलाई गृहकार्य सक्नुपर्ने मानसिक तनाव हुन्छ, र दिनभरको धपेडीले उनीहरु पूर्ण थकित भईसक्छन । जबकी अभिभावक अहिलेको समयमा आफ्नो जीवनलाई राम्रो र सुखी बनाउने हो भने यो दैनिकी अनिवार्य छ भन्ने तर्क गरिदिन्छन । तर, अन्य धेरै कुरा जसलाई वेवास्ता गरिएको हुन्छ, त्यसले बालमस्तिष्कको पातलो तहमा झनभन्दा झन बढि तनाव थोपरिरहेको हुन्छ ।
र, जब विश्व अन्तराष्ट्रिय खुसी दिवस, २० मार्च मनाउन जागरुक भएको छ, यो बेला हामीले सोध्न आवश्यक छ– के हाम्रा बालबच्चा साँच्चै खुसी छन? हामीले के गरिरहेका छौं, उनीहरुलाई तनाव मुक्त बनाउन ? र के हामी उनीहरुले के चाहन्छन भन्ने सुनिरहेका छौं?
यहि कुरालाई केन्द्रबिन्दुमा राखेर हेरौं । के तनाव नलिई उत्कृष्टता हासिल गर्ने कुनै उपाय छ? के हामी हाम्रा बालबच्चालाई उनीहरुको किशोर अवस्थाबाटै तनावलाई व्यवस्थापन गर्न सहयोग गर्न सक्छौं? यी सबै प्रश्नमा अधिकांश अभिभावकको जवाफ आउँछ– छ वा सक्छौं । र, ‘कसरी’ भन्ने दोस्रो प्रश्न गर्दा अभिभावक, बालबच्चा र उनीहरुको स्कुल बिचको क्रिकोणत्मक विवाध देखिन्छ ।
स्कुलबाट यसको सुरुवात गरौं । आज हामी सबैलाई थाहा छ, प्रायः जसो विद्यालयहरुले प्रशिक्षित परामर्शदाता (काउन्सिलर) र मनोविशेषज्ञ (थेरापिष्ट)लाई राखेका हुन्छन, जो हरेक समय कुनै पनि विषयमा विद्यार्थीसँग बहस गर्न पहुँचमा हुन्छन । सबै विद्यालयले प्रशिक्षित व्यक्तिहरुलाई नियुक्त गर्ने मार्गमा जान सक्छन । यद्यपी, मानिसक स्वास्थ्यलाई गम्भिर रुपमा लिन पनि महत्वपूर्ण छ । यो विषयको वरिपरि संवादलाई सामान्य बनाउन, चेतना फैलाउनलाई खुल्ला रुपमा यसको बारेमा बहस गर्न पनि आवश्यक छ । यसले एउटा बच्चाको स्कुलप्रतिको विश्वास बढाउने मात्रै नभएर स्कुल सुरक्षित ठाउँ हो भन्ने पनि महसुस गराउँछ, जसले उनीहरुको मस्तिस्कमा भएको तनावको केही भागलाई कम गर्छ ।
अभिभावकले पनि ठूलो भूमिका खेल्न सक्छन । सामान्यमा रुपमा बच्चाहरुको कुरा सुन्ने र अलोचना नगरी उनीहरुसँग संवाद गर्ने, उनीहरुलाई प्रतिस्पर्धात्मक विश्वसँग आफूलाई लागेको चिन्ता बताउने, संयुक्त रुपमा समस्याको सामाधान खोज्ने गर्नुपर्छ । जब अभिभावकले आफ्ना बच्चाहरुलाई ‘मैले पनि तिम्रो कुरा सुन्छु’ भन्ने महसुस गराउँछन, प्रायः बच्चाहरु खुलेर बोल्ने, र आफूलाई लाग्न ेडर हटाउँछन । आफ्नै तरिकाले आमा बुबा पनि मान्छे नै हुन, जसले असामान्य समयमा असुरक्षित महसुस गर्न सक्छन भन्ने कुरा बालबालिकाले बुझ्न । सँगै, बच्चालाई विश्वास गर्ने, दुःख सुख बाढने, चिन्ता साटने गर्छन भन्ने कुरा महसुस गर्छन ।
तनाव, चिन्ता, डर, समस्ता, मानसिक स्वास्थ्यको विषयमा हुने बहसलाई सामान्य बनाउँदा परिवारमा एउटा ठाउँ सिर्जना हुन्छ, जहाँ बालबच्चाहरु हरेक समय आफूलाइ पाउँछन् । र के यहि होईन हामीले चाहेको कुरा?
समाजले मानिसक स्वास्थ्यलाई वर्जित कुराको रुपमा लिन्छ, र धेरै अभिभावक पनि समाजकै शिकार भएर यसलाई अस्विकर गर्न सक्दैनन । जसको परिणामस्वरुप बच्चाहरु आफूले सबैभन्दा धेरै माया गर्ने मानिसबाट तिरस्कृत भएको महसुस गर्छन, प्रतिघात भएको महसुस गर्छन । यसले सामान्य चिन्ता, असन्तुलन वा सिजो–एफक्डिफ (डिसअर्डर) स्प्केट्रम जस्ता मानसिक समस्याहरु ल्याउन सक्छन । बालबच्चाहरु जस्ता छन, त्यस्तै उनीहरुलाई स्विकार गर्ने उदारताले बच्चाहरुको लागि सहयोगी वातावरण र बच्चा, अभिभावक र अन्य सदस्यबिचमा बलियो बन्धनको निर्माण गर्छ ।
‘बाल अधिकार र तिमी’
बच्चाहरुलाई उनीहरुले आफ्नो भावना, डर, चिन्ता र विचार राख्न पाउने सुरक्षित ठाउँ छ भन्ने महसुस गराउनु सबै कुराको मुख्य पाटो हो । क्राई (CRY)– बाल अधिकार र तिमी (चाईल्ड राईट्स एण्ड यु)ले देशैभरका धेरै वञ्चित बालबालिकाहरुसँग काम गर्छ, र हाम्रो अनुभवका अनुसार उनीहरुमा तनाव र बेखुसी हुने कारण शहरमा स्कुल जाने बालबालिका र अन्य बिचमा फरक भएको देखाउँछ ।
उनीहरु मध्ये केही लैङ्गिक असमानताको लागि लडिरहेका छन, भने केही बाल मजदुरको रुपमा आफ्नो घरको अर्थतन्त्रमा सहयोग गर्न काम गरिरहेका छन । केही आफूलाई विभिन्न बालबालिकामाथि भएका अपराधबाट आफूलाई जोगाने प्रयासमा छन भने केही आफू विवाहको लागि तयार नभएको कुरामा आमाबुबालाई राजी गराउने प्रयासमा छन । यस्तो अवस्थामा हाम्रो संस्था क्राईले आमाबुबा, ख्याल गने मान्छे वा समाजकै सदस्यसँग खुल्ला संवाद गरेर बालबालिकाको लागि खुल्ला र सुरक्षित वातावरण निर्माण गर्छ । संस्थाले आफ्नो क्षेत्राधिकारमा बालबालिकाहरुकै संस्था बनाएर उनीहरुलाई आफ्नो तनावको मात्रै नभएर त्यसको समाधान खोज्न बहस गर्ने, आवश्यक पर्दा आफूभन्दा ठूलासँग सहयोग लिन प्रोत्साहित गर्छ । यी समुहहले उनीहरुको लागि खेलकुद, संगित, नाचगान, चित्रकला, हस्तकाला जस्ता मनोरञ्जनात्मक क्रियाकलापसँगै उनीहरुको आवाजलाई सुन्ने विस्तारित गर्ने मञ्चको व्यवस्था गर्छ ।
यि सबै कुराको अर्थ बालबालिकालाई उनीहरुको कुरा राख्न दिनु भन्ने हो । उनीहरु आफूभित्रको डर, भय, चिन्तासँगै आफ्ना मनमा आउने मनोभावलाई प्रस्तुत गर्न चाहन्छन । तर, यो विषयमा कतै बहस नहुने हो, कतै छलफल नहुने हो, र हिजो जस्तै आज पनि समाजमा मानसिक स्वास्थ्यलाई लिएर वर्जित मान्ने हो भने उनीहरु खुसी हुनसक्दैनन । परिवार, अभिभावक, समाज, विद्यालयदेखि बालबालिकासँग जोडिन आउने हरेक पक्ष र सामाजिक संस्थाहरुमा उनीहरुको निम्ति एक किसिमको सुरक्षित स्थान हुन आवश्यक छ । यसले उनीहरुमा खुसी संञ्चारित गर्ने मात्रै नभएर आत्मविश्वास बढाउने र आफैंप्रति केही गर्न सक्ने आँटको पनि विकास गरिदिन्छ ।
मरवहा चाईल्ड राईट्स एण्ड यु–क्राई संस्थाकी प्रमुख हुन् । उनले डाउनटुअर्थमा छापिएको लेखको नेपाली भावानुवाद ।