१० हजार, काठमाडौंः
पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएको छ । भारतमा हालसम्मकै सबैभन्दा धेरै १६ हजार ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित महाराष्ट्र राज्यमा भेटिएका छन् । हालसम्म महाराष्ट्रमा कोरोना संक्रमितको संख्या कुल डेढ लाखभन्दा बढि भईसकेको छ । त्यस्तै, पछिल्लो २ घण्टामा महाराष्ट्रमा तीन हजारभन्दा बढि संक्रमित भेटिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा भारतका विभिन्न ठाउँमा गरि कुल ४ सय ६५ जनाको मृत्यु भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा यो आजसम्मकै सबैभन्दा धेरै संख्या हो ।