०९ असार, काठमाडौंः
नेपालमा थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ५ सय ३८ संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या २४ पुगेको छ । त्यस्तै, हालसम्म २ हजार २ सय २४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमण मुक्त भएका हुन ।