०९ असार, काठमाडौंः
आज नेपालका विभिन्न ठाउँमा वर्षा हुनसक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षा हुनसक्ने जनाएको छ। विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने , भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढाल तथा पानी जमेर ढुबान हुनसक्छ । आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’
भोलीबाट भने सामान्यदेखि पूर्ण रुपमा मौसम बदलिएर सबै प्रदेशका सबैजसो ठाउँमा वर्षा हुनसक्ने महाशाखा जनाएको छ । विज्ञप्तीका अनुसार, ‘भोली राती प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कणार्ली प्रदेशमा भारी वर्षा हुनसक्छ ।’