०८ असार, काठमाडौंः
इटलीका एक संक्रमण रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस आफैं कमजोर भएको बताएका छन् । कोरोना भाइरस आफैं कमजोर र आफैं हराउन सक्ने उनले बताएका छन् ।
इटलीस्थित सेन मारटिनो अस्पतालमा संक्रमण रोग प्रमुखको रुपमा काम गरिरहेका डा. माटेओ बाकेट्टीले कोरोना भाइर आफैं हराउन सक्ने बताएका हुन् । सञ्चारमाध्यम टेलिग्राफमा उनले बताए अनुसार, ‘जेनेटिक म्युटेसनबाट भाइरस कमजोर बन्दै गएकाले आफैं हराउन सक्छ ।’ उनले भाइरसलाई आफूले गरिरहेको अध्ययन अनुसार भाइरसको प्रकृति परिवर्तन भईरहेकाले आफैं हराउन सक्ने बताए ।
मारटिनोका अनुसार गत मार्च र अप्रिल महिनामा भाइरसको स्वरुप बेग्लै थियो । त्यो बेला अस्पतालमा पनि भर्ना हुनेहरुलाई अस्किजन र भेन्टिलेटरको आवश्यकता पथ्र्यो । तर, अहिले त्यो परिवर्तन भएको उनले बताए । उनले भने, ‘अप्रिल र मार्चमा भाइरस आक्रामक बाघ जस्तो थियो तर अहिले सामान्य विरालो जस्तो देखिएको छ । अहिले ८० वर्ष माथिका विरामी पनि सामान्य रुपमा अस्पतालमा बसेका छन् । उनीहरुलाई भाइरसले त्यस्तो असर गरेको छैन् ।’ पहिले भने यो उमेर समुहमा संक्रमण देखिदाँ तीन वा चार दिनमा मृत्यु हुने गरेको उनले बताए ।
मानव शरिरमा भाइरसले म्युटेसन गरेकाले यो कमजोर भएको हुनसक्ने मारटिनोको भनाई छ । उनी भन्छन, ‘हामीले लक डाउन गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने बानीले हाम्रो शरिरसँग भाइरसले म्युटेसन गरेको हुनसक्छ ।’ कोरोना भाइरसको भैक्सिन पत्ता लाग्नु भन्दा अगावै आफैं भाइरस हराउन सक्ने उनले बताए ।