कोरोना महामारी सुरु भएयताअमिरिकाको तेल बजारमा कहिल्यै नभएको घटना भयो । विश्वभरिकै सबैभन्दा राम्रो गुणस्तरको कच्चा तेल मानिने वेष्ट ईन्टरमीडिएट (डब्ल्युटीआई) को मुख्य एक समय –४०.३२ डलर प्रति बेरलसम्म गिरेको थियो । अर्थात एक वेरल डब्ल्युटीआई किन्दा खरिदकर्ताले बिक्रीकर्तालाई पैसा दिनु पर्दैन थियो । बरु, उल्टै बेच्नेले ४०.३२ डलर दिनुपथ्र्यो । अहिले यो मुल्य ३७ डलरको हाराहारीमा छ । योभन्दा अगाडी यस्तो कहिल्यै भएको थिएन । आजसम्मको इतिहासलाई हेर्दा कच्चा तेलको सबैभन्दा कम मुल्य दोस्रो विश्वयुद्ध सकिने बित्तिकै भएको छ । तर, त्यो बेला पनि मुल्य माईनसमा पुगेको थिएन ।
तर, अहिले यो कसरी सम्भव भयो? के यो कोरोना भाईरसले विश्वभर निम्याएको संकटको नतीजा हो?
कच्चा तेला दुई किसिमका हुन्छन् । पहिलो ब्रेन्ट, र दोस्रो डब्ल्युटीआई, जसको कुरा सुरुवातमा पनि भएको छ । दुनियाको करिब दुईतिहार तेल कारोबार ब्रेन्टमा हुन्छ, जसको उत्पादनमा साउदी अरब पहिलो नम्बरमा छ । सामान्यतः ब्रेन्टलाई नै कच्चा तेलको पर्याय मानिन्छ । उता अमेरिकामा कच्चा तेललाई डब्ल्युटीआई भनिन्छ । डब्लुटीआईमा ब्रेन्टमा हुनेभन्दा कम मात्रामा सल्फर रहेको हुन्छ । ब्रेन्टको मुल्य अहिले भने ४२ डलर प्रति बेरलको आसपास रहेको छ ।
तेल बजारमा निम्तिएको संकटलाई बुझ्नको निम्ती केही महिना अगाडीबाट कुरा सुरु गर्नुपर्छ । कच्चा तेलको मुल्य कोरोना भाईरसको संकटले गिराउनुभन्दा अगाडीबाटै गिरिरहेको थियो । २०२० को शुरुवातमा प्रति बेरल मुल्य ६० डलर हाराहारी थियो । मार्चको अत्यसम्ममा आउँदा यको मुल्य २० डलरको आसपास पुगेको थियो । यसको कारण के थियो, त्यो बुझ्न त्यक्ति कठिन पनिप छैन । वस्तुको मुल्य त्यसको आपुर्ति र उपभोगसँग जोडिएको हुन्छ । कुनै पनि वस्तुको आपुर्ति धेरै भयो, र माग कम भयो भने मुल्य घट्छ । कच्चा तेलको सन्दर्भमा अहिले यस्तै भएको छ ।
सबैभन्दा धेरै कच्चा तेल निर्यात गर्ने देशहरुको एउटा संगठन छ, ओपेन । दुनियामा माग हुने तेलको १० भाग एक्लै पुरा गर्ने साउदी अरब ओपेकको नेतृत्वमा छ । केही समय अगाडीसम्म आपेक आफ्नो मर्जी अनुसार तेलको मुल्य तह गरिरहेको थियो । मुल्य घटाउनु पर्दा उत्पादन बढाउने, र मूल्य बढाउनु पर्दा उत्पादन घटाउने भईरहेको थियो । यो विधिमा काम गर्नको निम्ति केही समय अघि ओपकेले रुससँग पनि समन्वय गरेको थियो, जसकाराण यसलाई ओपेक प्लस भनिन्थ्यो ।
दुनियाँमा बिक्री हुने तेलको मुल्यको एउटा ठूलो हिस्सा ओपेकमा भएका देशहरुले नै तय गर्थे । तर, मार्चमा साउदी अरब र रुसको बिचमा विवाद भएको थियो । जब कोरोना भाईरसको प्रकोप बढिरहेको थियो, कैयौं देशहरुले सुरक्षाको कारण आफ्नो कारखाना र सार्वजनिक सवारीसाधनको सञ्चालनमा रोक लगाए । दुनियाँभरमा अरु देशबाट भित्रिने यात्रुमाथि लागेको बन्देजले हवाई उडानमा पनि ठूलो गिरावट आयो । यी सबैको कारण तेलको खपत र आयातमा निकै ठूलो असर पर्यो ।
तेल कम आयात गर्नेमध्ये पहिलो नाम चीन हो भने दोस्रो इट्ली । यी दुवै देश कोरोना भाईरसले सबैभन्दा बढि प्रभावित हुने देशमध्ये हुन् । दुई देशले तेलको आयातमा गरेको कटौती साउदी अरबको लागि ठूलो झट्काभन्दा कम थिएन् । किनकी साउदीबाट निर्यात हुने तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन थियो । अर्कातरि, युरोपका तीन ठूला तेल खरिदकर्तामध्ये एउटा इट्ली थियो । तेलको निर्यातमा आएको गिरावटसँगै साउदी अरबमा समस्या भएको थियो । साउदी अरबको अर्थव्यवस्था तेलको कमाईले र्नै सञ्चालन हुने भएकाले यो हुनुपनि स्वभाविक नै थियो । निकट संकटबाट बच्नको लागि साउदी अरबले वैठक बोलाएको थियो, जसमा रुसको पनि उपस्थिति थियो । वैटकमा साउदी अरबले ओपेकका सदस्य देश र रुसलाई कच्चा तेलको उत्पादनमा कटौली गर्ने प्रस्ताब राखेको थियो । कोरोना भाईरसको संकट विश्वभर भएका कारण अन्तराष्ट्रिय बजारमा तेलको मागमा कमि आएकाले सबै देशहरुले तेलको उत्पादन कम गर्ने हो भने मुल्यमा धेरै गिरावट आउँदैन भन्ने साउदी अरबको तर्क थियो । तर, रुखले तेलको मुल्यलाई यो निति अपनाएर बढाउनुको विकल्पमा ५० डलर प्रति बेरलमा स्थिर राख्न खोजेको थियो ।
अमेरिकाद्वारा आफ्नो तेल कम्पनी ‘कम्पनी रोसनेफ्ट’ लगाईएको प्रतिबन्धले बेखुस रहेको रुसले तेलको मुल्य कम गरेर अमेरिकी शेल आयल कम्पनीहरुलाई नोक्सान पुर्याउन चाहन्थ्यो । यी कम्पनीहरुको तेल उत्पादनको मूल्य निकै धेरै छ । यस्तो अवस्थामा तेलको मूलय कम हुँदा यीमध्ये कतिपय कम्पनीहरु पूर्ण घाटामा पनि जान सक्छन् । रुसको चाहना पनि अमेरिकी शेल आयल कम्पनीहरुलाई अन्तराष्ट्रिय तेल बजारबाट बाहिर निकाल्नु भन्ने थियो । तर, ओपेक देशहरु र मुल्य गरि अमेरिकाको सहयोगी साउदी अरबले यस्तो हुन दिएनन् । वैठकको निर्णय ओपेक देशहरुले तेलको उत्पादन कम गर्ने भयो, जुन निर्णय रुसले मान्न असहमति जनाएको थियो ।
अर्कातिर, साउदी अरबले अर्को अच्चम लाग्ने फैसला लिएको थियो । उसले कच्चा तेलको उत्पादन घटाउनुको साटो बढाउने निर्णय सुनाईदियो । तेलको खरिदबिक्रीमा जानकारहरु कुनै निर्यातकर्ता देशले यस्तो कदम कुनै अर्को निर्यातकर्ता देशका तेल खरिदकर्तालाई आफ्नोमा तान्ने सोच अनुसार गर्छन । जानकारहरुका अनुसार साउदी अरब तेलको मूल्य कम गरेर रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता रहेका युरोपि देशहरुलाई आफूतर्फ तान्न खोजिरहेको थियो । तर, यसको नतिजा भने तेलको मूल्यमा निकै गिरावट आउने भयो ।
तेलबाट दुनियाँभरका गाडीहरु कुद्थे, तर, कोरोना भाईरसले तेलको दुनियाँका खेलाडीहरुको गाडी थमाईदिएको छ ।
यी सबै घटनाको बिचमा कोरोना भाईरस विश्वभर फैलिरहेको थियो । सुरुवातमा चीनमा भएको जस्तै महामारी इट्लीमा हुन थाल्यो, र अन्य कैयौं देशमा पनि यस्तो अवस्था देखियो । दुनियाभर नै आर्थिक गतिविधि सुस्त भएको थियो । दुनियाभर नै कार, बस, र हवाई जहाजको चक्का रोकिएका थिए । जसको प्रभावस्वरुप कच्चा तेल उत्पादकहरुको हालत खराब हुँदै गयो । यतिञ्जेलसम्ममा सबैलाई थाहा भईसकृको थियो, केही कदम नचालेमा कोरोना संकटसँगसँगै कैयौं देशलाई आर्थिक संकट पर्नसक्ने देखिएको थियो । यत्तिकैमा गएको हफ्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को दबावपछि मात्रै साउदी अरब र रुसले एकअर्कासँगको विवाद सुल्झाएका छन् । तर, अहिलेसम्म अवस्था हातबाट बाहिर पुगिसकेको छ ।
अहिले तेल उत्पादक देशहरुले दैनिक ६० लाख बेरल कच्चा तेल कटौती गरिरहेका छन्, जुन इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको कटौती हो । तर, तेलको माग भने दैनिक १ करोड बेरलको हिसाबले घटिरहेको छ । साउदी अरब सहित अन्य केही देशले आफ्नो उत्पादनलाई पूर्ण रुपमा बन्द गरेर पछि सुचारु गर्न सक्दैनन् । पूर्ण बन्द गरि फेरि सुचारु गर्दा खर्चसँगसँगै अन्य थुप्रै अफ्ठ्याराहरु आउँछन् । योसँगै अन्य प्रतिस्पर्धिले बजारमा आफ्नो बर्चस्व कायम गर्नसक्छन भन्ने जोखिम पनि छ । अहिले अतिरिक्त उत्पादनलाई स्टोर गरिरहिएको छ, तर यसको पनि एउटा सिमा छ । कतिसम्म भने अहिलेसम्म स्टोर गर्ने क्रममा तेलको सप्लाईको लागि प्रयोग गरिने ट्रेन र टैकर सबै भरिसकेका छन् । सुनिएअनुसार करिब १४ करोड बेरल तेल ‘बेरी लार्ज क्रुड करियर्स’ अर्थात वीएलसीसी नामको समुद्री ट्यांकरमा सागरमा तैरिरहेको छ । चरम खपत हुँदा विश्वभर करिब ९ करोड बेरल तेल चाहिन्थ्यो । अहिले यो तथ्यांकमा पनि निकै कमि आईसकेको छ ।
निमेक्स अर्थात न्युयोर्क मर्चेन्टाइल एक्सचेंजमा डब्ल्युीआईको ब्रिकी र अरिब फ्युचर कन्ट्राक्ट्समार्फत हुन्छ । अर्थात महिनाको हिसाबमा खरिद बिक्री हुन्छ । यो सम्झौता अनुसार अगाडी नै तय भएको मूल्यको हिसाबमा खरिदकर्तालाई सम्बन्धित महिनाको कुनै निश्चित गरिएको तारिखमा तेल पुर्यउन पर्ने हुन्छ, र खरिददारले पनि त्यसलाई लिनुपर्ने हुन्छ । यसलाई एकप्रकारले बाचामा अडिएको बजार भन्न सकिन्छ । जानकारहका अनुसार मे महिनामा डब्ल्युटीआई सम्झैता अनुसार तेलको डेलिबरी लिने अन्तिम तारीख २१ अप्रिल थियो । तर, २० अप्रिलमा नै कतपिय खरिदकर्ताहरुले आफ्नो तेलको डेलिभरि लिएनन् । कारण बिक्री घटिरहेको समयमा उनीहरुसँग अगाडी नै स्टक बाँकी थियो । यस्तो अवस्थामा नयाँ तेललाई स्टोर गर्नको लागि नयाँ गोदाम आवश्यक भयो, र त्यो गोदामको निम्ति भाडा । अर्थव्यवस्थाको हालतलाई हेर्दा उनीहरुले नयाँ गोदामको भाडा लामो समयसम्म तिर्नुपर्ने देखिएको थियो । तेलको स्टोरका कारण गोदाम भाग बढेकाले अहिले भाडा पनि निकै बढिरहेको छ ।सँगै तेललाई नयाँ गोदाममा पुर्याउने खर्च । यी सबै घाटाको सट्टामा खरिदकर्ताहरुले सम्झौताको एडभान्सलाई फिर्ता लिनु नै कम नोक्सानपूर्ण सम्झिए ।
बिक्री गनेए अर्थात तेल उत्पादकहरुको भण्डार पनि भरिएको छ, र उत्पादन पनि जारी छ । त्यसैले पनि उनीहरुलाई जुनसकै हदमा पनि आफ्नो सामान बेच्नु पर्ने भएको छ । नबेचेमा उत्पादन नै बन्द गर्नुपर्ने र यसले अरु जोखिम हुने भएकाले जतिसुकै कम मुल्यमा पनि बेच्नै पर्ने स्थिति सिर्जना भएको छ ।
सबैतिर हेर्दा बिक्री गर्ने र खरिद गर्ने दुवै पक्षले यति बेला तेललाई आफूभन्दा पर राख्न खोजिरहेको छ । यसरी नै भईरहेको कारोबार दिनप्रतिदिन तेलको मूल्य घट्दै घट्दै शुन्य र त्यसपछि माईनससम्म पुगेको छ । एक समय स्थिति यस्तो भयो कि ४० डलर खर्च गरेर एक बेरल तेललाई बेच्नु यसलाई स्टोर गर्ने वा उत्पादनलाई रोक्नेभन्दा कम घाटा हुने देखियो ।
केही मात्रामा अहिलेको स्थिति सुधारिएको छ । डब्ल्युटीआईको मूल्य अहिले अहिले केही बढेको छ पहिलेको भन्दा । तेलबाट दुनियाँभरका गाडीहरु कुद्थे, तर, कोरोना भाईरसले तेलको दुनियाँका खेलाडीहरुको गाडी थमाईदिएको छ ।
नोटः यो लेख विभिन्न सञ्चार माध्यममा छापिएका जानकारीहरुको आधारमा तयार पारिएको हो । अन्य कुनै पनि माध्यमबाट यसलाई प्रकासित गरेमा कानुनी कारवाही हुनेछ ।