०८ असार, काठमाडौंः
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रादेशिक अस्पताल, सुर्खेतमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मिहरुको परिक्षण गरिएको छ । बिरामीसँग प्रत्यक्ष भएर काम गरेका ४२ जनाको परिक्षण गर्दा पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्छि भएको खडकाले बताए ।