• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

रोपाइँको सट्टा छरेर धानखेती गर्दै किसान

  • पहिलो बोली
  • २०७७ अषाढ ८, सोमबार (८ महिना अघि)
  • २६८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Monday June 22, 2020 (8 months ago)
  • 2689 Views
  • Reading time 0 minutes

  • Photo Source: Pininterest

    ०८ असार, काठमाडौंः

    कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गरेका छन् । उनले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन वर्षातको सिजनमा बाँझै हुन्थ्यो”, साउँदले भने, “यस वर्ष सबै किसानले खेतमा धान छरेर खेती गरेका छन्, उत्पादन रोपेकै बराबर हुने भएपछि मैले पनि धान छरेर खेती गरेको छु ।”

    मानबहादुर मात्र होइन कन्हैयाँपुरका चेतराम चौधरीले पनि तीन बिघा क्षेत्रफलमा धानखेती गरेका छन् । उनले पनि रोपाइँको सट्टा धान छरेरै खेती शुरु गरेका छन् । अहिले चेतरामको खेतमा धानको हरियाली देख्न सकिन्छ । “अघिल्लो वर्षमात्रै केही किसानले धान छरेर खेती गर्नुभएको थियो, उत्पादन राम्रो भएपछि यस वर्ष अधिकांश किसान छरेर गरिने धान खेतीमा केन्द्रित छन्”, चेतरामले भने, “राम्रो उत्पादन र खर्च कम हुने भएका कारण पनि किसानले यो प्राविधिकलाई अँगालेका हुन् ।”

    किसान शेरबहादुर साउँदले अघिल्लो सिजनमा डुबानको जोखिम हुने खल्ला खेतमा वर्षा शुरु हुनुभन्दा पहिल्यै धान छरे । दश बिघा क्षेत्रफलमा छरेको धान र त्यतिनै क्षेत्रफलमा रोपेको धानको उत्पादन बराबर भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा भजनीमा छर्ने धान खेतीमा किसानको आकर्षण बढेको बताए । “खर्च कम छ, उत्पादन राम्रै हुन्छ, न त पानी चाहिने न काम गर्ने मान्छे नै”, साउँदले भने, “किसानले बाढी र डुबानका कारण कृषि क्षेत्रमा ठूलो क्षति ब्यहोर्नु पर्छ, छर्ने धानमा लगानी कम हुने हुँदा क्षति भए पनि कमै त हुने हो भन्ने मानसिकताले पनि किसान आकर्षित भएका हुन् ।”

    बाढी र डुबानको उच्च जोखिम रहेको भजनी नगरपालिका हुलाकी राजमार्गअन्तर्गत पर्ने सोनाहाफाँटा, कृष्णपुर, ठेकीलगायतका क्षेत्रमा अहिले किसानको खेतमा हरियाली देख्न सकिन्छ । वर्षातको समयमा बाँझै रहने जग्गामा नयाँ प्रणालीबाट धानखेती गरिएको अर्का किसान प्यारे चौधरीले बताउनुभयो । उहाँले किसानले परीक्षणका लागि पनि खेतमा छरेर धान खेती गरेको बताउँदै धान खेतमा छर्दा पनि खेतको आली लगाएर रोपाइँको तरिका अपनाइएको बताए ।

    सुक्खामा पनि किसानले रोप्ने धानकै प्रजातिलाई खेतमा छरेका हुन् । त्यसलाई पछि बढी मात्रामा पानी चाहिन्छ । चिम्ट्याइलो माटो भएका कारण धानको जरा वर्षात शुरु हुँदासम्म माटोमा कस्सिएर जाने विश्वास किसानको छ । जेठ मसान्तसम्म किसानले धानखेतमा छरिसकेका छन् । डुबानका कारण रोपेको धान पानीमै कुहिने भएकाले किसानले हिउँदमा मात्र खेती गर्दै आए पनि अधिकांश किसानले यस वर्ष खेतमा धान छरेका छन् । रोपेको धान बराबरको उत्पादन दिने हुँदा किसान रोपाइँभन्दा छर्ने धानमा आकर्षित भएका हुन् ।

  • #धानखेती
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १४, शुक्रबार