०८ असार, काठमाडौंः
विश्वव्यापी महामारी कोरोनो भाइरसको कारण ब्राजिलमा ५० हजारभन्दा धेरैको मृत्यु भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसकाबाट सर्वाधिक मृत्यु भएका देशहरुमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु जनाईएको छ ।
ब्रजिलमा ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको तथ्यांक आइतबार बिहानको जोन्स जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको हो । त्यस्तै, तथ्यांक अनुसार ब्राजिलमा १० लाख ८३ हजारभन्दा धेरै जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भईसकेको छ ।