०७ असार, काठमाडौंः
जिल्ला प्रहरी कार्यालय, चितवनले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गैंडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको भट्टले बताए ।
पक्राउ परेका सबैलाई आज जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।