०७ असार, काठमाडौंः
आइतबार नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा थप ४ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कुल कारोना भाइरसको संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।