०६ असार, काठमाडौंः
शनिबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले बताए अनुसार थप ८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंकी एक महिला र भक्तपुरमा ७ महिला गरि कुल ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
शनिबार नेपालभर गरि थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ०५ पुगेको छ ।