०५ असार, काठमाडौंः
चैतबाट बन्द रहेको हवाई उडानमा सरकारले थप समयका लागि प्रतिबन्द लगाउने तयारी गरेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार सरकारले साउन १७ सम्म आन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध थप गर्ने तयारी भईरहेको छ ।
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि सबै किसिमका आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। लकडाउन थपिएसँगै थप जोखिमलाई ध्यानमा राखेर पटक–पटक प्रतिबन्ध थप गरी असार २१ सम्म पुगेको छ । अहिले मन्त्रालयले जनाए अनुसार हवाई उडानमा लगाईएको प्रतिबन्ध साउन १७ सम्म लम्बाउने तयारी भईरहेको छ । मन्त्रालयका अनुसार साउन १७ सम्म लकडाउन थप्ने तयारी भईरहेपनि औपचारिक निर्णय भने हुन बाँकी नै छ ।