• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

  • पहिलो बोली
  • २०७७ अषाढ ५, शुक्रबार (८ महिना अघि)
  • ३४८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 19, 2020 (8 months ago)
  • 3493 Views
  • Reading time 1 minute

  •  

    ०५ असार, काठमाडौंः

    सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करिब रु १२ अर्ब) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्नका लागि सो रकम स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

    यही असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै भने, “साना सिँचाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने एक करोड ७६ लाख स्वीस फ्रयाङ्क करिब रु दुई अर्ब दुई करोड ४० लाख बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।”

    त्यसैगरी मन्त्रिपरिष्दले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (२० बमोजिम मिति २०७६÷१२÷२४ को नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाको खण्ड ९घ) मा प्रतिबन्धात्मक वाक्यांश थप गरी संशोधित सूचना राजपत्रमा प्रकाशित गर्ने निणर्य गरेको छ । निर्णयमा भनिएको छ, “तर औद्योगिक कच्चा पदार्थका रुपमा आवश्यक पर्ने मरिचसम्बन्धी उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागमा उद्योग विभागले प्रमाणित गरेको परिणाम बमोजिमसम्बन्धी उद्योग आफैँले आयात गर्न सक्ने ।”

    सरकारले आर्थिक वर्ष २०७७÷७८ को लागि मोटो धानको प्रति क्वीन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रति क्वीन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ । त्यसैगरी इमाडोल–सिद्दिपुर, गोदावरी खोला–लुभु लामाटार सडकको हाल उपलब्ध हुने चौडाइमा कालोपत्रे सडक निर्माण गरी मौजुदा ठेक्का फरफारक गर्न सैद्धान्तिक सहमति प्रदान गरिने भएको छ ।

    मन्त्री डा खतिवडाले कलङ्की–थानकोट–नागढुङ्गा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने आवश्यक जग्गा अधिग्रहण गर्दा ‘श्री ५ को वायु गुठी’का मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम उपलब्ध गराउने निणर्य भएको जानकारी दिनुभयो । त्यसैगरी सरकारले जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत÷नापी कार्यालयमा रहेको श्रेस्ता फिल्ड बुकमा जनाउ रहेका आधारमा धनी मोहीलाई क्षतिपूर्ति उपलब्ध गराउने निणर्य गरेको छ ।

    सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारलाई मनोनयन गर्ने निणर्य गरेको छ । त्यसैगरी बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ, फुङलिङ नगरपालिका–९ निवासी फुपु छेम्वे शेर्पा र कार्यकारी निर्देशकमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–५ निवासी होमबहादुर दोङलाई नियुक्त गरिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनाललाई नियुक्त गरिएको छ ।

    मन्त्री खतिवडाले भने, “स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) तेस्रो संशोधन वियमावली, २०७७, नेपालको भू–उपग्रह नीति, २०७७ र विभूषण (पहिलो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निणर्य भएको छ ।” सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत प्रदान गर्ने र सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत प्रदान गरिने भएको छ ।

    सरकारले राष्ट्रिय अभिलेखालयमा रहेको ऐतिहासिक र राजनीतिक महत्वका दुलर्भ र अति सम्बेदनशील सामग्रीलाई जोगाउनुपर्ने राष्ट्रिय दायित्व भएको र तत्काल राष्ट्रिय अभिलेखालय स्थानान्तरण गर्ने वैकल्पिक स्थान÷भवनको व्यवस्था भइनसकेकाले सर्वोच्च अदालतको नाममा कायम गरिएको अभिलेखालयको जग्गा पुनः अभिलेखालयकै नाममा कायम गर्ने भएको छ ।

  • #मन्त्रिपरिषद्का निर्णय
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १४, शुक्रबार