• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

बलिउडको नातावादः सुशान्तको आत्महत्याको कारण हो त?

  • पहिलो बोली
  • २०७७ अषाढ ५, शुक्रबार (८ महिना अघि)
  • ३०६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 19, 2020 (8 months ago)
  • 3073 Views
  • Reading time 1 minute

  • Photo Source: KOIMAI

    –गोपाल ढकाल

    (मनोविद)

     

    ०५ असार, काठमाडौंः

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।
    मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्।

    नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेकोछ। मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन्।

    पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद ९नेपोटिजमको० बिषयमा खुलेर आवाज उठाउन थालेका छन्। अभिनेत्री बर्षा सिबाकोटीले त आफू समेत यसबाट पीडित भएको खुलासा गरेकी छन्। पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमान, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।

    जसले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ। फिल्म जस्तो आफ्नो कला र सृजना देखाउने क्षेत्रमा यस्तो ब्यबहारले यस क्षेत्रको बिकासमा नै असर पुर्याउने गर्छ। यसलाई कदापि राम्रो मान्न सकिँदैन। तर बलिउड तथा कलिउडमा यसले लामो समय देखि जरा गाडेको देखिन्छ।

    प्राय जसो सबै क्षेत्रमा सिन्डिकेट देखिन्छ। फिल्म क्षेत्रमा त झन आफ्नो वर्चश्व कायम राख्न अनेकन टिकडम हुने गर्छन्। यस क्षेत्रमा लागेका घरनाका आफन्तले मात्र अबसर पाएको, प्रतिभा हुँदा हुँदै पनि अरु पछि पर्नु परेको ज्वलन्त उदाहरणहरु प्रशस्त छन्।

    अवसर नपाए पछि आफै लगानी गरेर कलकार भएका पनि धेरै भेटिन्छन्। यति हुँदा हुँदै पनि फिल्म उद्योग विशुद्घ कलाकारिता क्षेत्र मात्र नभएर एक किसिमले ब्यवसाय पनि हो। फिल्म बनाउनेले नाफा घाटाको हिसाव किताव गर्छ। निश्चित रूपमा उसका केही स्वार्थ पनि हुने गर्दछन्। जसले गर्दा लगानीकर्तालाई सजिलोसँग औंला उठाउन पनि सकिरहेको हुँदैन। यस कारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन्।

    आत्महत्याको कारण खोज्ने हो भने यसको प्रमुख कारण मानसिक रोगलाई लिने गरिन्छ । त्यसमा पनि डिप्रेसन एक नम्बरमा पर्ने गर्छ। विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि बेलैमा सहि उपचार हुन नसक्दा आत्महत्या जस्तो दुखद घटना घटन सक्छ।

    तर आत्महत्याको पछाडिको कारणलाई बेवास्ता गर्दै फरक व्याख्याले समाजमा आत्महत्या प्रतिको बुझाई र धारण गलत बन्न जान्छ। फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन। यसका पछाडि धेरै कारक तत्वले प्रभाव पारेको हुन्छ। आत्महत्याको हिसावले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन्। उनीहरुले आत्महत्या गर्ने संभावना धेरै हुन्छ।

    पेशाको हिसावले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ। तनावपूर्ण पेशा अंगाल्ने व्यक्ति अरु पेसामा भन्दा आत्महत्याको जोखिम बढी हुन्छ।
    फिल्म वा कलाकारिता पेशा पनि तनावपूर्ण पेशा हो। यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपर्छ।

    दर्शकले सधैं नरुचाउन पनि सक्छन्। सधैं भरी एउटै उचाई नहुन सक्छ। दर्शकको आलोचना खप्नु पर्ने हुनसक्छ। दर्शकको एक अर्का कलाकारबीच तुलना गर्ने स्वभाव हुन्छ। धेरै कलाकारलाई दर्शकको यो व्यबहार मन नपर्न सक्छ। कलाकारहरु स्वभापत महत्वकाँक्षी पनि हुन्छन्। दर्शकलाई रिझाई राख्न देखापटी गर्नु, आफूलाई चर्चामा राखी राख्न विभिन्न हडकण्ड देखाउनु उनीहरुको बाध्यता हुनसक्छ।

    घरपरिवारलाई समय दिन नसक्दा परिवारिक बेमेल र खटपटले सताउन सक्छ। यी र यस्ता कारणले कलाकारमा मानसिक तनावले सताउने जोखिम बढी हुन्छ। जसले मानसिक समस्यामा पार्न सक्छ। आत्महत्या जस्तो समाजको अहिलेको जटिल सामाजिक समस्यालाई संक्रिण रुपले हेर्न र ब्याख्या गर्नु हुँदैन। आत्महत्या मानसिक रोगको एउटा परिणामको रुपमा बुझ्नु उतम हुन्छ।

    बलिउड अभिनेताको आत्महत्याको कुरा गर्दा उनी बिगत ६ महिना देखि डिप्रेसनमा थिए भन्ने कुरा बाहिर आएको छ। तर पारिवारले यो हत्या हुनसक्ने आशंका गरिरहेका छन्। यद्यपि उनको मुत्यु झुण्डिएर भएको देखिएको छ।

    उनी के कारणले गर्दा डिप्रेसनमा थिए भन्ने कुरा फरक हो। डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन्। व्यक्तिको व्यक्तित्व, स्वभाव, जीवनशैली, रहन सहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ।

    उनले पनि अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्नु पर्यो होला। उनी पनि अरु कलाकारहरु झैं महत्वकाँक्षी पनि थिए होलान। समचारहरुमा उनमा पचासौं सपनाहरु थिए जुन पूरा हुन सकेनन् भन्ने जस्ता कुरा बाहिर आएका छन्।

    सुशान्तलाई आत्महत्या गर्ने बाध्य बनाइएको हो भन्दै सलमान खानसहित ८ जना बिरुद्ध दुरुत्सानको मुद्दा समेत दायर गरिएको छ। अदालतले यसलाई कसरी लिन्छ हेर्न बाँकी छ। कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु एक किसिमले अपराध नै हो।

    यसको साक्षीमा अभिनेत्री कंगना रनावत बसेकी छन्। कंगनाले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो ¥यांकमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए। त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुन सक्छ र आत्महत्या गर्न सक्छन्रु’

    कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ। तर यो बुझाइ गलत हो। डिप्रेसनमा गएपछि व्यक्तिको आफूलाई हेर्ने दृष्टिकोण आत्मवल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ।

    मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतनाको ठूलो आवस्यकता देखिन्छ। डिप्रेसन तथा आत्महत्याका विषयमा सत्य तथ्य जानकारी दिन सके तथा यस बिषयमा बहस र छलफल अगाडि बढाउन सके यस्ता दुखद घटनाहरुलाई कम गर्न सकिन्छ।

  • #आत्महत्या
  • #बलिउड
  • #सुशान्त सिंह राजपुत
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १५, शनिबार