• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

  • पहिलो बोली
  • २०७७ अषाढ ५, शुक्रबार (७ महिना अघि)
  • १३१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 19, 2020 (7 months ago)
  • 1321 Views
  • Reading time 1 minute

  • Photo Source: MOD Dhakal

     

    ०५ असार, काठमाडौंः

    बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।

    कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उनले भने, “बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम भइरहेको छ ।”

    बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्र्याक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानीमा निर्माणाधीन सो रेलमार्ग निर्माण नेपाली निर्माण व्यवसायीले नै गरिरहेका छन् । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा निर्माण अघि बढाइएको हो ।

    विभागका अनुसार जनकपुर–विजुरापुरा खण्डमा रेल्वे ट्र्याकको काम भइरहेको छ । जयनगर–जनकपुर सम्पन्न भएर सञ्चालनको तयारी हुँदा जनकपुरबाट बिजुरापुरासम्मको ट्र्याक निर्माण भइरहेको छ । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी भइरहेको जनाइएको छ । यसका लागि रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाएको छ । दुई रेल सेट सीमा नजीकै आइसकेको उनले बताउनुभयो । उनले भन
    , “रेल सेट आइसकेको छ अब मात्रै हामीले कर्मचारी व्यवस्थापन गर्र्न बाँकी छ ।”

    राष्ट्रिय गौरवको पूर्व–पश्चिम रेलमार्गमा अध्ययन तथा मुआब्जा वितरणसँगै रेलमार्ग निर्माणको भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । सो रेलमार्गअन्तर्गत बर्दिवासमा पुल निर्माण भइरहेको छ । कांकडभिट्टा इनरुवा खण्डमा आगामी आवमा ठेक्का सम्झौता गरेर निर्माण अघि बढाइनेछ । रेलमार्गका कतिपय स्थानमा मुआब्जा बाँड्ने काम बाँकी छ । बर्दिवासलगायत जिल्लामा मुआब्जा बाँकी छ । उहाँले भन्नुभयो, “आगामी वर्ष थप काम अघि बढ्नेछ ।”

    बन्दाबन्दीको समयमा झण्डै चार सय जना निर्माणस्थलमा काम गरेको विभागले जनाएको छ । झण्डै १२ स्थानमा पुल निर्माण भइरहेको छ । कतिपय स्थानमा रूख कटानका काम पनि यो समयमा भइरहेको छ ।

    सरकारले रेलमार्ग निर्माणलाई विगतका वर्षदेखि नै महत्व दिइरहेको छ । स्थल यातायातको सबैभन्दा भरपर्दो र सस्तो साधनका रुपमा यसलाई लिइन्छ । सरकारले आगामी आवका लागि रेलमार्ग निर्माण र अध्ययनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । जयनगर–जनकपुर–बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । सोही रेलमार्गको कांकडभिट्टा–इनरुवा खण्डको निर्माण आगामी आवमा शुरु गरिनेछ । आगामी आवमा नै बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    रसुवागढी–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, दक्षिणी सीमा नाकाबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल र कोहलपुर जोड्ने रेल्वे लाइन पनि निर्माण अघि बढाइनेछ ।

  • #जनकपुर–जयनगर रेलमार्ग
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १०, शनिबार