• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीको निगरानीमा सङ्क्रमित

  • पहिलो बोली
  • २०७७ अषाढ ५, शुक्रबार (८ महिना अघि)
  • १७४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 19, 2020 (9 months ago)
  • 1753 Views
  • Reading time 1 minute

  •  

    ०५ असार, काठमाडौंः

    डोटी जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उक्त गाउँमा उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

    उक्त गाउँमा परिचालन भएको स्वास्थ्यकर्मी टोलीले बिहीबार १५ जना अन्य व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, “हामीले सङ्क्रमितका घरका १५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएका छौँ, रिपोर्ट नआउञ्जेलसम्म कसैलाई पनि गाउँ बाहिर जाने अनुमति दिएका छैनौँ ।”

    भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त आलीअतुराली गाउँका १४ जनामा कोरोनाको सङ्क्रमण देखा परेको थियो । गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो । कोरोना परीक्षणका लागि स्वाब पठाइएका मध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएपछि उच्च गाउँ कोरोनाको उच्च जोखिममा रहेको भन्दै बिहीबारबाट उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनले भने, “गाउँभरिका १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि पूरै गाउँ नै जोखिममा भएकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ, बिहीबार पठाएको स्वाब परीक्षणका कोही पोजेटिभ देखिए गाउँ नै सिल गर्छौँ।”

    स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको पिसिआरको नतिजा नआउँदै आफूहरुलाई घर पठाएका कारण गाउँनै कोरोनाको जोखिममा परेको एकजना कोरोना सङ्क्रमितले बताए । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, गाउँ नै समस्यामा प¥यो ।” क्वारेन्टिन बसेका घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै अन्य स्थानीयवासीमा त्रास फैलिएको स्थानीयवासी बलबहादुर बोगटीले बताए ।

    उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।” गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । जेठ ११ गते गौरीफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिन बसेकै बेला १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीनजनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

    छोरा र श्रीमतीमा भने दुई पटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टिनमा बसेका ३१ जना अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो । उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट असार १ गते आएको हो । ढिलो गरी परीक्षणको नतिजा आउँदा सङ्क्रमित पाइएका सबै आआफ्नो घरघर पुगिसकेका थिए । पहिलो सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा १० दिनसम्म राखेर जाँच गर्दा पछि कुनै पनि लक्षण नदेखिएकाले क्वारेन्टिन बसेको चार दिनसहित जोडेर १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले गएको जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । सङ्क्रमित भएका ती युवकलाई आइसोलेसन वार्डमा राखी १० दिनसम्म उपचार गर्दापछि उनमा कोरोनाको सङ्क्रमण नदेखिएपछि सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार कोरोनाको थप लक्षण नभेटिएपछि ती सङ्क्रमितलाई डिस्चार्ज गरिएको जिल्ला अस्पतालका डा ज्योति पाण्डेले जानकारी दिए ।

    उपचारका क्रममा सङ्क्रमित व्यक्तिमा कोरोनाको पछिल्लो लक्षण नदेखिएपछि उनीसँगै क्वारेन्टिन बसेका अन्य २० जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाको नतिजा आउनुअगावै सबै जनालाई जेठ ३० गते घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वाब सङ्कलन गरी पठाएको १३ दिनपछि कैलालीको धनगढीमा रहेको प्रयोगशालाले रिपोर्ट ढिलो पठाउँदा सङ्क्रमित गाउँ गइसकेका थिए । “समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय ३ गते हुने थियो”, जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, “ढिलो रिपोर्ट आयो क्वारेन्टिन बसेको लामो समय भएकाले सबैलाई घर पठाइएको हो, अहिले समस्या भयो अब पोजेटिभ देखिएकालाई अझै केही दिन ‘होम’ आइसोलेसनमा राखिने छ ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४२ जना पुगेको छ ।

    जसमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • #कोरोना भाइरस नेपाल
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १९, बुधबार