३ असार, काठमाडौंः
मंगलबार प्रदेश १ मा थप १४ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । थपिएका संक्रमितहरु झापा, मोरङ र उदयपुरका रहेका छन् । थपिएका संक्रमितहरुमध्ये मोरङको रतुवामाई नगरपालिकामा ९ जना, झापाका १ जना र उदयपुरको त्रियुगा नगरपालिकाका ४ जना रहेका छन् ।
हालसम्म प्रदेश १ मा देखिएका कोरोना संक्रमितमध्ये १ सय ७१ जना कोरोना भाइरसको संक्रमणमुक्त भईसकेका छन् । त्यस्तै, बाँकी संक्रमितहरुको उपचार प्रदेश १ को बिराटनगरस्थित कोशी अस्तपताल कोभिड १९ उपचार केन्द्र, धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयको मेढिकल कलेजमा उपचार भईरहेको छ ।