०३ असार, काठमाडौंः
अर्घाखाँचीस्थित एक क्वारेन्टाइनमा बसिरहेका युवकले आत्महत्या गरेका छन् ।
जिल्लाका डिएसपी माधव बुढाथोकीले बताए अनुसार अर्घाखाँचीको सितगंगा नगरपालिका–५ स्थित हरि माविको क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका हुन् । सोही नगरपालिकाका ४३ वर्षीय देवबहादुर विकले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
डिएसपी माधव बुढाथोकीका अनुसा हिजो राती उनी क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । बुढाथोकीले भने, ‘आफैंले ओच्छ्याउने गरेको तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव हामीले पाएका थियौं ।’ शव पोस्टमार्टमका लागि पठाईएको उनले बताए ।
भारतबाट जेठ १० गते नेपाल आएका उनी आरडिटी परिक्षण गर्दा पोजेटिभ आएसँगै क्वारेन्टाइनमा राखिएको थियो । डिएसपी बुढाथोकीका अनुसार उनको पिसिआर परिक्षण गरिएको भएतापनि रिपोर्ट भने आएको छैन ।