• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    १४ घण्टा अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    १७ घण्टा अघि

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    १ दिन अघि

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    १ दिन अघि

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    २ दिन अघि

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    १ हफ्ता अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

  • पहिलो बोली
  • २०७७ अषाढ ३, बुधबार (९ महिना अघि)
  • ३९९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Wednesday June 17, 2020 (10 months ago)
  • 4003 Views
  • Reading time 1 minute

  • Photo Source: नेपाल टेलिकम

     

    ०३ असार, काठमाडौंः

    कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ ।

    कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी जिएसएम मोबाइल डाटा सेवा र सिडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ ।

    टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहेको प्रवक्ता जोशीले बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो ।

    ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिनस्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।

    कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये चार नम्बर थिची बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ ।

    बन्दाबन्दीको अवधिमा भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । भ्वाइस र डाटा उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको टेलिकमले जनाएको छ ।

  • #नेपाल टेलिकम
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    कांग्रेसले वैकल्पिक सरकार निर्माणको पहल गर्ने केन्द्रिय समितिको निर्णय

    समाचार
    थप

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ चैत्र २८, शनिबार