३२ जेठ, काठमाडौंः
क्वारेनटाइनमा बस्दै आएकी महिलामाथि बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
धनगढीको लम्कीचुहास्थित एक क्वारेन्टाइनमा बसेकी महिलालाई शनिबार राती सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो। पिडित महिलाले शनिबार राती सवा १२ बजेतिर क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले आफूमाथि बलात्कार आरोप लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पीडित भनिएकी महिला गत जेष्ठ २० गते गौरीफन्टा नाका हुँदै भारतबाट आएर स्थानिय एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएकी थिईन ।
घटनासँगै महिला दोषी भएको भन्दै कारबाहीको माग गरेर लम्कीचुहाका स्थानियले बजारमा बिरोध प्रदर्शन सुरु गरेका छन् । लम्कीचुहा बजारको चौराहामा उनीहरुले चक्काजाम गर्दै विरोध गरेका थिए । प्रहरीले भने यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । उता, स्थानियले भने लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालय समेत घेराउ गरेका छन्। सोही क्रममा वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी पूजा ताम्राकार घाइते समेत भएको प्रहरीले बताएको छ ।