• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / पहिलो बोली बिशेष

नेपाल ‘एक ढिक्का’ भएको दिन !

  • पहिलो बोली
  • २०७७ जेष्ठ ३२, आईतबार (८ महिना अघि)
  • ४३०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • Published on: Sunday June 14, 2020 (9 months ago)
  • 4309 Views
  • Reading time 1 minute

  • काठमाडौँ, जेठ ३२ गते । नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको राजनीतिक नक्सा अद्यावधिक गर्नेसहितको सो विधेयकमाथि शनिबार दफावार छलफल भएपछि निर्णयार्थ पेस गरिएको थियो । विधेयकलाई सबै राजनीतिक दलले समर्थन गरेका थिए ।
    पारितका लागि आवश्यक दुई तिहाइभन्दा ७४ बढी मतको समर्थनमा विधेयक पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले तत्काल कायम सङ्ख्याका आधारमा दुई तिहाइभन्दा धेरै मतले विधेयक पारितको घोषणा गर्नुभयो । २०७२ मा जारी संविधान दोस्रो पटक संशोधन भएको हो । शनिबार प्रतिनिधि सभामा विधेयकमा भएको मत विभाजनमा पक्षमा २५८ मत परेको छ । मतदानमा उपस्थित सङ्ख्या पनि २५८ नै थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा विधेयकको विपक्षमा मत परेन । १२ सदस्य मतदानका क्रममा अनुपस्थित रहनुभयो । सभामुखको मताधिकार रहन्न ।
    सभाका चार सदस्य निलम्बनमा हुनुहुन्छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका काँग्रेस सांसद मोहम्मद अफताव आलम र भ्रष्टाचार मुद्दा दायर भएपछि काँग्रेसकै विजय गच्छदार निलम्बनमा हुनुहुन्छ । यस्तै समाजवादी पार्टीका हरिनारायण रौनियार पनि भ्रष्टाचार आरोपको मुद्दा लागेपछि निलम्बनमा हुनुहुन्छ । टीकापुरमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेपछि राजपा सांसद रेशमलाल चौधरी थुनामा हुनुहुन्छ । चौधरी पनि निलम्बनमै हुनुहुन्छ । संसद् सचिवालयका अनुसार सांसद अमृतादेवी अग्रहरि, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी रहनुभएको छ । यस्तै प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहनुभएको छ ।
    सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि संविधान संशोधन प्रक्रिया अघि बढाइएको थियो । जेठ ९ गते सरकारका तर्फबाट विधेयक संसद्मा दर्ता भएको थियो । दर्ता विधेयक जेठ १८ गते प्रतिनिधि सभामा पेस भएको थियो । संशोधन प्रक्रियासँगै शनिबार दफावार छलफलका लागि प्रतिनिधि सभामा पेस भएको थियो । विधेयकमा परेको सांसद सरिता गिरीको एक मात्र संशोधन प्रस्ताव प्रतिनिधि सभा नियमावलीअनुरूप नभएको भन्दै सभामुखले अस्वीकृत गर्नुभएको थियो । अब विधेयक सन्देशसहित आइतबार राष्ट्रिय सभामा पेस हुनेछ ।
    राष्ट्रिय सभाबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि औपचारिक रूपमा निशान छाप फेरिनेछ । प्रस्ताव पारितअघि कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावपछि दलीय आधारमा छलफल भएको थियो ।

     वार्ता र सहमतिबाटै जानुपर्छ : प्रचण्ड
    छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने विश्वास व्यक्त गर्दै सदनको गौरवको विषय भएको बताउनुभयो । प्रचण्डले राष्ट्रिय महŒवका विषयमा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सुखद क्षण भएको पनि बताउनुभयो । भूमि फिर्ताका विषयमा सबै दलबाट गठित भएका सरकारले सदैव प्रश्न उठाएको पनि प्रचण्डको स्मरण छ । नेपाल–भारत दुवैले कालापानी क्षेत्रलाई विवादित मानेकोमा दुवै देशको विमति नभएको प्रचण्डको भनाइ छ ।
    उहाँले भारतले राजनीतिक नक्सा जारी गरेर नेपालीलाई भूमि फिर्ताबारे एक ठाउँमा ल्याइदिएकोमा धन्यवाद पनि दिनुभयो । “राजनीतिक नक्सा प्रकाशन नेपाललाई जिस्क्याउनु थिएन होला तर प्रकारान्तरले हामी सबैलाई जगायो । विवादमा छ भनेको भूमि पनि आफ्नै नक्सामा समेट्दा प्रश्न उठ्यो । भूगोल समेट्दा नेपाल सरकारसँग समन्वय गर्दा सोही बेला नयाँ सहमति बन्न सक्थ्यो । किनभने विवादबारे दुवै देशका सचिवस्तरीय बैठकमा छलफल भइरहेको विवाद नयाँ सन्दर्भमा नक्सा प्रकाशन गर्नु आफैँले स्वीकार गरेको तथ्यविपरीत थियो । ” प्रचण्डले भन्नुभयो, “भारतले नक्सा प्रकाशन गरेपछि हामीसँग सवाल खडा भयो । हामीले नक्सा प्रकाशन गर्ने वा नगर्ने भन्ने पनि भयो । सौभाग्यवश हाम्रो पार्टीको सचिवालय बैठकमा र मैले स्थायी समिति बैठकको नेतृत्व गरेको बेला त्यो बैठक र त्यसपछि केन्द्रीय समितिबाट पार्टीका तर्फबाट नक्सा प्रकाशनको निर्णय गरेका हौँ । ”
    नक्सा प्रकाशनसँगै भारतसँग कूटनीतिक रूपमा वार्ताको प्रयास अघि बढाइनुपर्ने उहाँको भनाइ छ । वार्ताको बारेमा नेपालले गरेको पहल बेवास्ता गरेको अवस्थामा विवादित भूमिबाट बाटो उद्घाटन गर्नुले नेपालीलाई तरङ्गित बनाएको उहाँको तर्क छ । विधेयक पारित भएसँगै यही बिन्दुबाट वार्ताको प्रयास हुनुपर्ने प्रचण्डको सुुझाव छ । संविधान संशोधन र राष्ट्रिय एकता कायम गरेकोलाई भारतविरुद्धका रूपमा नलिन पनि उहाँको विचार छ । नेपालले वार्ता र सहमतिबाटै समस्या समाधान चाहेको प्रचण्डको भनाइ छ ।

     भूमि फिर्ता अबको पहल हुनुपर्छ : देउवा
    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधनमा समर्थन गर्दै सबै नेपाली एक भएको सन्देश दिएको बताउनुभयो । देउवाले ऐतिहासिक तथ्य प्रमाणका आधारमा भूमि फिर्ता ल्याउने प्रयासमा विपक्षी दलको पूर्ण समर्थन रहने बताउनुभयो । निकै सङ्क्षिप्त मन्तव्य दिनुभएका देउवाले कूटनीतिक प्रयासबाट अब भूमि फिर्ताको पहल हुनुपर्ने बताउनुभयो ।

     सम्बन्धमा खलल पुग्न दिनु हुँदैन : महतो
    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राजेन्द्र महतोले विधेयकमा समर्थन जनाउनुभयो । महतोले मधेसी दललाई नश्लीय चिन्तनबाट हेर्ने नजर हटाउनुपर्ने बताउनुभयो । उहाँले लिम्पियाधुरा, कालापानी क्षेत्रको भूमि छुटाइएको विषयमा श्वेतपत्र जारी गर्न पनि माग गर्नुभयो ।
    मधेसी दलको राष्ट्रप्रतिको परीक्षा पटक पटक नलिन उहाँको भनाइ छ । नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्लीबाट तय नभएको बताउँदै उहाँले सुसम्बन्धमा खलल पुग्ने अवस्था आउन दिनु हुँदैन भन्नुभयो । वार्ताको माहोल बनाउन पनि उहाँको भनाइ छ ।

    टेलिभिजन स्क्रिनबाट लिइएको

     

    राष्ट्रियताको प्रश्न उठाइनु गलत : यादव

    टेलिभिजन स्क्रिन बाट लिइएको

    यस्तै समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले पनि विधेयकमा समर्थन जनाउँदै सीमा विवाद लामो समयसम्म हल नहुनु दुःखद भएको बताउनुभयो । यादवले राष्ट्रिय एकता कायम गर्न हालको चिन्तन फेर्नुपर्ने बताउनुभयो । जनताको राष्ट्रियताको भावना टुटेमा कुनै सेना, कानुनले रोक्न नसक्ने भन्दै उहाँले मधेसी दलमाथि बारम्बार राष्ट्रियताको प्रश्न उठाइनु गलत भएको बताउनुभयो ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नक्सा प्रकाशन र संविधान संशोधन एक कदम अघि बढेको भए पनि थप काम बाँकी भएको बताउनुभयो । लिङ्देनले वार्ताका माध्यमबाट विवाद समाधान गर्न पनि आग्रह गर्नुभयो । भारतले सुगौली सन्धि मानेर जानुपर्ने उहाँको भनाइ छ ।
    राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विधेयकका पक्षमा सबै एकजुट हुनु सकारात्मक भएको बताउनुभयो । पौडेलले ढिलै भए पनि भूमि फिर्ताको पहल सकारात्मक भएको बताउनुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधान जारीकै बेला नेपालको भूगोल र क्षेत्रफल यकिन गर्न चुकेको बताउनुभयो । संशोधनको पक्षमा मत राख्दै सुवालले अब भूूगोल फिर्ताको पहल हुनुपर्ने बताउनुभयो ।
    छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले संविधान संशोधन कसैका विरुद्ध नभएको बताउनुभयो । नेपालले आफ्नो स्वाभिमान र आत्मविश्वास कायम राख्दा छिमेकी राष्ट्रसँगको सम्बन्धमा कुनै अप्ठ्यारो नपर्ने पौडेलको भनाइ छ । उहाँले बरु नेपालको कदमले दुवै छिमेकीले नयाँ सच्चाइ र तथ्यबाट अघि बढ्ने अवसर पाउने पनि बताउनुभयो । काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले विधेयकमा समर्थन गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । कोइरालाले राष्ट्रियताका लागि काँग्रेस सशक्त रूपमा उभिने बताउनुभयो । उहाँले दुवै छिमेकीसँग नेपालको सम्बन्ध उत्तम रहेको भन्दै सम्बन्धलाई नेपालले सकारात्मक रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
    नेकपा सांसद भीम रावलले अन्तर्राष्ट्रिय कानुनबमोजिम भारतसँगको सीमा नियमन गर्न आग्रह गर्नुभयो । संविधान संशोधनले भूमि फिर्ताको बिन्दु प्रारम्भ गरेको भन्दै अब वार्ताबाट प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।
    नेकपा सांसद पम्फा भुसालले भारतले नेपालसँग वार्ताका लागि बहाना खोजिरहेको आरोप लगाउनुभयो । काँग्रेस सांसद प्रकाशमान सिंहले विधेयक पारितपछि भूमि फिर्ताको पहल हुनुपर्ने बताउनुभयो । छलफलमा सांसद देवेन्द्र पौडेल, गोकर्णराज विष्ट, देवेन्द्रराज कँडेल, डा. मीनेन्द्र रिजाल, उमा रेग्मी, डा. अमरेशकुमार सिंह, रामबहादुर विष्ट लगायतले भाग लिनुभएको थियो ।

     ‘प्रमाणसँगै वार्तामा बस्छौँ’
    दफावार छलफलमा उठेका प्रश्नका जवाफ दिँदै कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनमा व्यक्त भएका भनाइले सार्वभौमसत्ता, भौगोलिक अखण्डता रक्षामा सदन सक्षम छ भन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री तुम्बाहाङ्फेले तथ्य प्रमाणसँगै वार्ताको टेबलमा बस्ने बताउनुभयो । तथ्य प्रमाणमा आधारित भएर नै भूमि फिर्ता लिने उहाँको भनाइ छ ।-गोरखापत्रबाट 

    कस -कसले केके भने? यो भिडियो हेर्नुहोस:-

  • #नेपालीहरुको लागि एतिहासिक दिन
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    पहिलो बोली बिशेष सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार