३० जेठ, काठमाडौंः
समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।
संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर, सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । सभामुख सापकोटाले उनको संशोधनलाई अस्वीकृत गरेको बताएसँगै गिरीले संसदको वैठक छाडेर हिडेकी छिन् ।
प्रतिनिधिसभामा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको बताएका छन् । सभामुखले इकिंत गरेको नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।